अपरिचित व्यक्तिद्धारा १४ वर्षीय बालिकालाई करणी गरेर फरार

अपरिचित व्यक्तिद्धारा १४ वर्षीय बालिकालाई करणी गरेर फरार

सुर्खेत : सल्यानमा अपरिचित व्यक्तिले १४ वर्षीय बालिकालाई करणी गरेर फरार भएका छन् । बुधवार राती ११ बजेको समयमा दुई जना अपरिचित व्यक्तिले बालिकालाई जबरजस्ती करणी गरी फरार भएका हुन् ।

इलाका प्रहरी कार्यालय राँगेचौर सल्यानले कर्णाली प्रदेश प्रहरी कार्यालयलाई दिएको जानकारीअनुसार सल्यानको कुमाख गाउँपालिका–१ शान्तिबजारका १४ वर्षीय बालिकालाई करणीमा परेकी हुन् ।

उक्त बालिका घर नजिकै रहेको आफ्नो ठुलीआमाको घरमा सुत्न गएकी थिइन् । घरमै सुतेको स्थानमा पुगेर अपरिचित दुई जनाले जबरजस्ती करणी गरी फरार भएको प्रहरीको भनाई रहेको छ ।

दुई जना पक्राउ

यस्तै, सल्यान प्रहरीले करणी गर्ने शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक सन्तोष खनाले दुई जनालाई जाजरकोटबाट पक्राउ गरेर जिप्रका सल्यानमा ल्याउन लागिएको जानकारी दिए ।

उनले भने, ‘उनीहरूलाई ल्याउन जिल्लाबाट गाडी गइसकेको छ । जिल्लामा ल्याउन करिब आधा घण्टा जति लाग्छ होला । त्यसपछि उहाँ दुई जनाको पहिचानसँगै थप अनुसन्धान हुने छ ।’

प्रतिक्रिया