फिरन्ते जाती राउटे बस्तीमा खानेपानी व्यवस्थापन

फिरन्ते जाती राउटे बस्तीमा खानेपानी व्यवस्थापन

दैलेख : कर्णालीका जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय बसोबास गरिरहेको बस्तीमा खानेपानीको व्यवस्थापन गरिएको छ । हाल दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघर क्षेत्रमा बसोबास गरिरहेका उनिहरुको बस्तीमा खानेपानीको व्यवस्थापन गरिएको हो ।

झण्डै पाँच सय मिटरको दुरीमा रहेको मुहानबाट खानेपानीको जोहो गर्दै आएका उनिहरुको बस्ती नजिकै पानी ल्याईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले बताए । उनका अनुसार सक्षम निर्माण कम्पनी प्रालीले २ सय मिटर पाइप सहयोग गरेपछि बस्ती नजिकै खानेपानी ल्याईएको हो । हाल अस्थायी रुपमा मुहानबाट पाइप मार्फत राउटे नागरिकलाई खानेपानीको व्यवस्थापन गरिएको जोडी शिक्षक लालबहादुर खत्रीले बताए ।

राउटे समुदायमा एईआएन लक्जेम्वर्गको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालमार्फत राउटे परियोजना सञ्चालित छ । समुदायमा सञ्चालित राउटे परियोजनाले समुदायमा स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । राउटे समुदायका नागरिकहरुको अधिकारकार सवालमा परियोजनाले निरन्तर पैरबी गरिरहेको छ । परियोजनामार्फत जोडि शिक्षक र दुई जना स्वास्थ्यकर्मी राउटे बस्तीमा खटाईएको छ । राउटे नागरिकको जनसंख्या हाल १४४ छ ।

प्रतिक्रिया