दैलेख पूर्ण खोप निरन्तरता र दिगोपना घोषणा

दैलेख पूर्ण खोप निरन्तरता र दिगोपना घोषणा

दैलेख : दैलेखलाई पूर्ण खोप सुनिश्चितता, निरन्तरता र दिगोपना घोषणा गरिएको छ । शनिवार स्वास्थ्य सेवा कार्यालय दैलेखद्धारा आयोजित एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चितता, निरन्तरता र दिगोपना घोषणा गरिएको हो ।

जिल्लाका ११ वटै स्थानीय तहका १५ महिनासम्मका बालबालिकाहरुलाई तोकिएको सबै खोपहरु पुरा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता, निरन्तरता र दिगोपना घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । दैलेखलाई २०७४ असार ४ गते पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको थियो ।

उक्त घोषणा पश्चात हरेक वर्ष गरिएका पूर्ण खोप सुनिश्चितता, दिगोपना र निरन्तरताको छैठौँ वर्षमा पुगिएको रेग्मीले बताए । उनले जिल्लामा आमा र बच्चाको मृत्युदर, रोग दर, अपाङ्गता दर घटाई जिल्लालाई स्वस्थता प्रदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख नमराज शाहीसहित जिल्लामा रहेका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उपस्थितीमा पूर्ण खोप निरन्तरता र दिगोपना घोषणा गरिएको हो ।

उक्त समारोहमा आगामी दिनहरुमा पनि जिल्लाका सम्पूर्ण बालबालिकाहरुलाई खोपको मात्रा पुरा गर्न, निरन्तरता दिन, दिगोपना कायम राख्न आ–आफ्नो स्थानबाट पहल गर्न र पूर्ण खोप युक्त अवस्थालाई कायम राख्ने साझा प्रतिबद्धतामा हस्ताक्षर समेत गरिएको छ ।

प्रतिक्रिया