चामुण्डाविन्द्रासैनी नगरपालिकाले हटायो करार कर्मचारी

चामुण्डाविन्द्रासैनी नगरपालिकाले हटायो करार कर्मचारी

दैलेख : जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाले पनि करारका कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ । असार २७ गतेको नगरकार्यपालिकाको बैठकको निर्णय अनुसार नगरपालिकामा करारमा कार्यरत कर्मचारीहरुको म्याद थप नहुने भएको हो ।

नगरपालिका र नगरपालिका मातहतका निकायमा कार्यरत करार तथा ज्यालादारी सम्पूर्ण कर्मचारीको साउन १ गतेबाट अर्को निर्णय नभएसम्मका लागि म्याद थप नहुने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खनालले बताए ।

प्रतिक्रिया