राउटेलाई खाद्यान्न सहयोग

दैलेख : कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे समुदायलाई खाद्यान्न सहयोग गरेको छ । लोपोन्मुख जाती राउटे समुदायलाई शनिवार खाद्यान्न सहयोग गरिएको हो । दैलेखको भगवतीमाई गाउँपालिका–४ मनघर चौरमा बसोबास गर्दै आएका उनिहरुलाई मन्त्रालयले सोसेक नेपालको समन्वयमा चामल, नुन, खुर्सानी तथा राउटे नागरिकहरुले लगाउने कपडा सहयोग गरेको हो ।
कर्णाली प्रदेश सरकारका प्रमुख सचिव राज कुमार श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्री, भगवतीमाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, सामाजिक विकास मन्त्रालयको सामाजिक सुरक्षा तथा महिला विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवाली, सोसेक नेपालका संस्थापक अध्यक्ष हीरासिंह थापा, महासचिव महेन्द्रकुमारसहितको टोलीले बस्तीमै पुगेर खाद्यान्न उपलब्ध गराएको हो ।
खाद्यान्न वितरण गर्न पुगेका प्रमुख सचिव श्रेष्ठले प्रदेश सरकारले राउटे नागरिकहरुको संरक्षणका लागि पहल गरिरहेको बताए । सामाजिक विकास मन्त्रालयका सचिव काप्रीले राउटे समुदायको संरक्षणका लागि ‘राउटे नीति’ निर्माणकै क्रममा रहेको बताए ।
प्रतिक्रिया