दैलेख सुर्खेत सडकमा तीन वर्षपछि पुःन टाईमकार्ड लागु

दैलेख : दैलेखबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत जोड्ने सडकमा टाईमकार्ड लागु गरिएको छ । दैलेख सुर्खेत सडक खण्डमा पटक पटक टाईम कार्डको नियम लागु गरिदै आएको छ । केहि महिनासम्म टाईमकार्डको नियम लागु हुने र हट्ने गरेको छ । बिचैमा अलपत्र परेको टाइमकार्ड नियम पुन लागू गरिएको हो ।
यसअघि २०७६ मंसिर २२ गतेबाट टाईम कार्डको नियम लागु गरिएको थियो । जिल्ला प्रहरी कार्यालय दैलेखका तत्कालिन डिएसपी हरि बहादुर ओलीको पालामा सुरुवात गरिएको टाईमकार्डको नियम केहि महिना चल्यो । लामो समयदेखि कार्यान्वयनमा नआएको टाईमकार्डको नियम सोमवार देखि पुनः कार्यान्वयनमा ल्याईएको हो ।
तिव्र गतिमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न टाईम कार्ड लागु गरिको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद शाहले बताए । नारायण नगरपालिका–१ स्थित दैलेख–सुर्खेत सडक खण्डको अस्थायी बस बिसौनीमा एक कार्यक्रम बिच चालक र सहचालकहरुलाई टाईम कार्ड वितरण गरी कार्यन्वयनमा ल्याईएको उनले बताए । जिल्लाको विभिन्न स्थानमा तिव्र गतिको कारण हुने सवारी दुर्घटना लाई न्युनिकरण गर्ने उदेश्यले टाईमकार्ड नियम लागु गरिएको डिएसपी शाहको भनाई छ ।
संविधान सभा सदस्य एवं कर्णाली प्रदेश सरकारका पुर्व मन्त्री अम्मर बहादुर थापा, नारायण नगरपालिका प्रमुख लोमन शर्मा र प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल लगाएतको सहभागितामा टाईमकार्डको नियम शुभारम्भ गरिएको छ ।
प्रतिक्रिया