डुबेर दुई बालबालिकाको निधन

डुबेर दुई बालबालिकाको निधन

दैलेख : दैलेखमा दुई बालबालिकाको पानी ट्याकींमा डुबेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी ९ वर्षीया अनिता महतको कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानी आयोजनाको ट्याङकी बोडघाटमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए । ‘दिउँसो चार बजे उनीहरु मृत फेला परेको भनेर हामीलाई खबर आएको थियो ।’ उनले भने ।
कर्णाली कोटाछाल दुल्लु लिप्डिङ खानेपानी आयोजना निर्माण गरिरका ठेकेदार लगाएतको लापरबाहीका कारण बालबालिकाको ज्यान गएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया