गुराँसको निर्णय र आन्दोलन : विवादको शान्तिपूर्ण समाधान गर्न एमाले केन्द्रीय सदस्य रेग्मीको अपिल

गुराँसको निर्णय र आन्दोलन : विवादको शान्तिपूर्ण समाधान गर्न एमाले केन्द्रीय सदस्य रेग्मीको अपिल

दैलेख : गुराँस गाउँपालिकाको निर्णय र आन्दोलन सम्बन्धमा एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मीले शान्तिपूर्ण ढंगबाट विवाद समाधान गर्न अपिल गरेका छन् । कर्णाली प्रदेश सभाका पूर्व सांसद समेत रहेका रेग्मीले मंगलवार एक विज्ञप्ती जारी गर्दै यस्तो अपिल गरेका हुन् । उनले गाउँपालिकामा केहि दिन अगाडि भएको करार कर्मचारी सम्बन्धि गाउँपालिकाको निर्णयको बिरोध गर्ने नाममा अमुक राजनीतिक पार्टी र नेताहरूले पालिकामा क्षती हुने गरी तोडफोड आक्रमण गर्नु दुःखद र निन्दनीय कार्य भएको समेत बताएका छन् ।

यस्तो छ, रेग्मीद्धारा जारी विज्ञप्ती ।प्रचलित कानुनको अधिनमा रहि आफ्नो क्षेत्राधिकारभित्र पर्ने विषयको बारेमा निर्णय गर्न स्थानीय तहका गाउँसभा/नगरसभा कार्यपालिका आफैंमा स्वतन्त्र र अधिकारसम्पन निकाय हुन । करार क्रमचारीका सम्बन्धमा गाउँपालिकाहरुले गरेका निर्णय चित्त नबुझ्ने पक्षले प्रचलित कानुन बमोजिम उपचार खोज्न पाँउने अधिकार सुरक्षीत नै रहन्छ ।

दैलेखको गुराँस गाउँपालिकामा केहिदिन अगाडि भएको करार कर्मचारी सम्बन्धि गाउँपालिकाको निर्णयको बिरोध गर्ने नाममा अमुक राजनीतिक पार्टी र नेताहरूले पालिकामा क्षतीहुनेगरी तोडफोड,आक्रमण गर्नु दुःखद र निन्दनीय कार्य हो । उक्त घटनामा घाइतेहरुको म शिघ्र स्वास्थ लाभको कामना गर्दछु । करार सम्बन्धमा बिगतमा के कुन आवश्यकता र औचित्यका आधारमा क्रमचारी भर्ना गरियो ? उनीहरु कसरी छनोट गरिए ? त्यसका मापदण्ड के थिए ? पालिकाको आर्थिक स्रोत र अवस्था के छ ? जस्ता सवालमा मन्थन गरेर नै गाउँ पालिकाले त्यस्तो निर्णय गरेको होला भन्ने मैले विश्वास लिएको छु ।

म आन्दोलनरत राजनीतिक पार्टी र क्रमचारी आन्दोलनमा भाषण गर्ने नेपाली काङ्ग्रेसका नेता,मेरा मित्रहरूलाई बिगतमा पालिकाले के कस्ता निर्णय गर्ने गरेको थियो र त्यस्ता निर्णयको विरुद्ध कयौं शिक्षकहरुले कसरी न्यायको लडाइँ लड्नु परेको थियो त्यो स्मरण गर्न अनुरोध गर्दछु । बिबादको शान्तिपूर्ण समाधानको लागि म सरोकारवालाहरु सबैमा अपिल गर्दछु ।

धर्मराज रेग्मी

 

प्रतिक्रिया