डुङ्गेश्वर गाउँपालिकामा लगाईएको ताला खुल्यो

करार कर्मचारीको म्याद थप्ने प्रश्ताव कार्यपालिकामा लगिने

दैलेख : दैलेखको डुङ्गेश्वरर गाउँपालिकामा लगाईएको ताला खुलेको छ । सोमवार करार कर्मचारीहरु तथा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले लगाएको ताला बुधवार खुलाईएको हो । गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरुको सम्झौता नविकरण नगर्ने निर्णय गरेपछि करार कर्मचारी लगाएत आन्दोलनमा उत्रिएका थिए । असार ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय नं. ३ अनुसार गाउँपालिकाबाट तलब भत्ता भुक्तानी हुने करारमा कार्यरत कर्मचारीहरुको साउन १ गतेबाट करार सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो ।
बुधवार गाउँपालिकाका अध्यक्ष एंव करार कर्मचारीको विषयमा छलफल गर्न बनेको वार्ता टोलीका संयोजक सुन्दरकुमार केसीको अध्यक्षतामा बसेको बैठकले दुई बुँदे निर्णय गरेपछि गाउँपालिकामा लगाईएको तालाबन्दी खुलेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए । गाउँपालिकामा लगाईएको ताला खुलेको र निर्वाध रुपमा गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह सूचारु भएको उनले बताए ।
बैठकले करार कर्मचारीको म्याद थप नगर्नेबारे गाउँपालिकाद्धारा प्रकाशित सूचना अनुसार म्याद थप नभएका करार सेवामा कार्यरत कर्मचारीहरुको म्याद थप गर्ने सम्बन्धमा गाउँपालिकाको करार कर्मचारी कार्यविधि अनुसार म्याद थप गर्ने गरी आगामी कार्यपालिकाको बैठकमा प्रश्ताव पेश गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डिसीले बताए ।
गाउँपालिकाले सबै वडा कार्यालयमा कार्यरत बगैंचेहरु, वडा नम्बर ५ र ६ को कार्यालयमा कार्यरत सामाजिक परिचालक बाहेक अन्य सबै वडामा कार्यरत सामाजिक परिचालक, गाउँपालिकामा कार्यरत हलुका स्वर्पियो चालक एक जना, विद्यालय तर्फतको गेटपाले, माध्यामिक विद्यालयमा रहेका महिला कार्यालय सहयोगी र कम्प्युटर शिक्षकको करार सम्झौता नविकरण नगर्ने निर्णय गरेको थियो ।
यस्तै यस्तै गाउँपालिकामा कार्यरत पिटौली र फिल्ड सुपरपाइजर रकचना खानेपानी आयोजनामा कार्यरत पलम्बर र हेरालु र सामुदायिक स्वास्थ्य इकाई वडा नम्बर ४ मा कार्यरत अहेवको समेत करार सम्झौता नविकरण नहुने गरी निर्णय भएको थियो ।
प्रतिक्रिया