पौडी खेल्ने क्रममा दुई जना बालक बेपत्ता

पौडी खेल्ने क्रममा  दुई जना बालक बेपत्ता

काभ्रे :  पौडी खेल्ने क्रममा सुनकोशी नदीले बगाउँदा जिल्लाको तेमाल गाउँपालिका–३ का दुई जना बालक बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा तेमाल–३ स्थित चौथलीका ११ वर्षीय समिर माझी र सोही स्थानकै ८ वर्षीय कान्छो माझी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले तेमाल–२ स्थित सुनकोशी नदीमा बुधवार पौडी खेल्ने क्रममा नदीले बगाएर दुई जना बालक बेपत्ता भएको जानकारी दिए।

प्रतिक्रिया