कालिकोटमा स्थानीयहरुसँग गाउँगाउँमा समुदाय प्रहरी कार्यक्रम

कालिकोटमा स्थानीयहरुसँग गाउँगाउँमा समुदाय प्रहरी कार्यक्रम

कालिकोट :  जिल्ला प्रहरी कार्यालय कालिकोटले मातहतका प्रहरी युनिटहरु मार्फत गाउँगाउँमा समुदाय प्रहरी कार्यक्रम गरिएको छ । प्रहरीले ९ वटा स्थानीय तहमा समुदाय प्रहरी कार्यक्रम गरेको हो ।

लागूऔषध दुरुपयोगबाट हुने असर,लागूऔषध दुरुपयोगको कानुनी प्रावधान र ट्राफिक नियम,बाल विवाह,छाउपडिप्रथा र सवारीदुर्घटना न्यूनिकरणसम्बन्धी जनप्रतिनिधिहरु, समाजसेवी, विद्यार्थी, अभिभावक,स्थानीयहरुसँग प्रहरीले जनचेतना कार्यक्रम गरिएको छ ।

समुदाय प्रहरी कार्यक्रमबाट समाजमा हुने जघन्य अपराध न्यूनिकरणमा टेवा पुग्ने प्रहरीले जनाएको छ । समाजमा हुने अपराधीक गतिविधि रोक्नका लागि प्रहरीमा खवर गर्न समाजका अगुवाहरुलाई प्रहरीले अनुरोध गरेको छ ।

समुदायका अग्रजहरुलाई महिला हिंसा,लागुऔषध दुरुपयोग,सवारी दुर्घटना लगायतका विषयमा सामुदाय प्रहरी कार्यक्रम मार्फत जनचेतना दिँदै आएको छ । समुदाय प्रहरी कार्यक्रमहुन थालेसँगै अघिल्ला वर्षहरु भन्दा अपराधीक गतिविधिहरु कम भएको प्रहरीले जनाएको छ ।

कालिकोटको खाँडाचक्र ,तिलागुफा,रास्कोट नगरपालिका शुभकालिका,नरहरिनाथ,सान्नीत्रिवेणी, पचालझरना,पलाँता,महावै गाउँपालिकाहरुका विद्यालय,पालिका र प्रहरी युनिटहरुमा प्रहरीले कार्यक्रम चलाउँदै आएको छ ।

पचालझरना-२ मा जबरजस्ती करणी सम्बन्धि,राष्कोट नगरपालिकाको -९ तलकोटमा बिद्युतिय अपराध र दैविक प्रकोप सम्बन्धि,शुभकालिका-५ मा लागु औषध दुरुपयोग सम्बन्धि,तिलागुफा नगरपालिका-६मा बहुविबाह र दैविक प्रकोप सम्बन्धि,खाँडाचक्र नगरपालिका – ६ मोल्फामा बालयौन दुर्व्यबहार सम्बन्धि,सान्नीत्रिवेणी-६मा महिला हिंसा न्युनिकरण लागुऔषध दुर्व्यनी विरुद्धको जनचेतनामुलक कार्यक्रमहरु गरेको छ । समुदाय प्रहरी कार्यक्रम जिल्लाभरका सबै स्थानीय तहमा गरिएको प्रहरी प्रमुख (डिएसपी) सिद्धराज न्यौपानेले बताए ।

प्रतिक्रिया