किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी : उपाध्यक्ष थापा

दैलेख : भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा मंगलवार दैलेखको बेस्तडामा आयोजित ‘किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण’ कार्यक्रममा उनले यस्तो बताइन् ।
जन्मदिने बाबु र दाजुभाईबाट समेत असुरक्षित हुनुपरेको कैयौं घटनाहरुले हरेक किशोरीलाई आत्मरक्षाको ज्ञान हुनुपर्ने गाउँपालिका उपाध्यक्ष खड्का थापाले आवश्यकता दर्शाइन् । उनले बेस्तडामा पहिलो पटक भएको ‘किशोरीहरुका लागि आत्मरक्षा अनुशिक्षण’लाई इन्सेकसंगको सहकार्यमा गाउँपालिकाको नीति योजना कार्यक्रममा समावेश गरेर लिने प्रतिवद्धता व्यक्त गरिन् ।
सहजकर्ता सुनिता सुनारले बेस्तडामा किशोरीहरुको उत्सुकतापूर्ण सहभागिता, जनप्रतिनिधि र प्रहरी समेतको चासोले भगवतीमाई गाउँपालिकाका कुनाकन्दरामा अभियान पु¥याउन आफूलाई उत्साह थपेको बताइन् ।
कार्यक्रममा बेस्तडा प्रहरी चौकीका प्रहरी हवल्दार पृथराज महतले विभिन्न किसिमका हिंसा, दुव्र्यवहार र शोषणबाट पीडित महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्ग लगायतका पिछडिएका समुदायको सुरक्षा र न्यायको निम्ति प्रहरी सधैं तयार रहेको बताए ।
ज्वाला मावि बेस्तडाका निमित्त प्रधानाध्यापक रामबहादुर थापाले किशोरीहरुको आत्मरक्षा सीपले उनीहरुको आत्मविश्वास र सुरक्षा अनुभूति गराउने भएकोले यसले शिक्षण सिकाई र बौद्धिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेशमा सञ्चालन गरेको ‘अधिकार–२’ परियोजनाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त आत्मरक्षा सहकर्ता सुनिता सुनारले तयार पार्नुभएका स्वयम्सेवकहरु प्रतिमा थापामगर, कृष्णा थापा र रोशनी थापामगर समेत चार जनाको टोलीले यौनजन्य दुव्र्यहार र बलात्कार प्रयास भएको अवस्थामा जोगिने सीपको अभ्यास प्रस्तूती गरेको थियो ।
यौनजन्य दुव्र्यहार र बलात्कारबाट जोगिन अपनाउनुपर्ने सावधानी, मौखिक प्रतिवाद, कुटनीतिक सम्वाद शैली र कानूनी उपचार चार क्षेत्रको उपयोगिता विषयमा चर्चापछि बदनियतले गरिने शारीरिक स्पर्शदेखि बलात्कार प्रयासको बेला जागिने ११ वटा सीप विषयमा प्रयोगात्मक अभ्यास गरिएको थियो ।
प्रतिक्रिया