न्यूनतम् सेवा मापदण्ड मुल्यांकनमा दैलेख जिल्ला अस्पताल प्रथम

न्यूनतम् सेवा मापदण्ड मुल्यांकनमा दैलेख जिल्ला अस्पताल प्रथम


दैलेख : कर्णाली प्रदेशका १० जिल्लामा रहेका प्राइमरी अस्पतालहरु मध्ये दैलेख जिल्ला अस्पताल उत्कृष्ठ भएको छ । आर्थिक वर्ष २०७८÷०७९ को न्यूनतम् सेवा मापदण्ड मुल्यांकनमा दैलेख जिल्ला अस्पताल पहिलो भएको हो । कर्णाली प्रदेशका प्राइमरी अस्पतालहरु मध्ये दैलेख जिल्ला अस्पताल कर्णाली प्रदेशभरी नै उच्चतम् अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पताल दैलेखलाई सम्मानपत्र समेत प्रदान गरेको छ । कर्णालीका प्रारम्भिक जिल्ला अस्पतालहरुमा दैलेख जिल्ला अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सबैको सहयोगले प्रथम हुन सफल भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले   बताए । उनले अझै प्रभावकारी सेवा सुबिधा निरन्तरताका लागि सुझाव, सल्लाहका लागि समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया