दुवै मृगौला फेल भएपछि उपचारमा सहयोगको अपिल

दुवै मृगौला फेल भएपछि उपचारमा सहयोगको अपिल

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका–६ का १८ वर्षिय प्रकाश बडुवालको दुबै मिर्गौला फेल भएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि सहयोगको अपिल गरिएको छ । हाल प्रकाश मानव अङ्ग मिर्गौला प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत छन् । अस्पतालको बेडमा आर्थिक अभावका कारण छट्पटाई रहेका उनका आफन्तले जनाएका छन् ।

प्रकाशको दुई वर्षअघि बुबाको अकालमै मुत्यु भएपछि उनको घरमा आर्थिक अवस्था झन नाजुक भएको हो । प्रकाशको घरपरिवार हजुर बुबाको सहारामा घरको दैनिकी चलाउँदै आएका छन् । उनको उपचारका सहयोगका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग गरिदिन उनका आफन्तहरुले आग्रह गरेका छन् ।
उनको सम्पर्क नम्बर ९८४८१४४३१२ रहेको छ । सहयोग गर्न चाहने महानुभावले प्रकाश बडुवालको नाममा रहेको माछापुच्छ्रे बैंकको खाता नम्बर १७००९५५६४२५०००१७ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

ठाटीकाँध गाउपालिका वडा नं ६ निवासी प्रकाश बडुवालको दुवै मृगौला फेल भई प्रत्यारोपण गर्नुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भई उपचार गराउने सक्ने अवस्था नभएकोले प्रकाश बचाउ अभियानको सहयोग गरिदिन पत्रकार महासंघ दैलेखका सचिव भक्तबहादुर शाहीले आग्रह गरेका छन् । शाहीले आफनो उपचारको लागि अरुको सहयोगको प्रतिक्षामा कुरिरहेको बिरामीको जीवन बचाउन सहयोगको लागि अनुरोध गरेका हुन् ।

 

प्रतिक्रिया