सल्यान जिल्ला अदालतद्धारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट, धेरै सम्बन्ध बिच्छेदका मुद्दा
सल्यान : सल्यान जिल्ला अदालतले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ । अदालतको लक्ष्य अनुसार गत आव २०७८/७९ मा ३ सय ९६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य राखेकोमा अदालतले ४ सय ६ मुद्दा फर्छ्यौट गर्न सफल भएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा अदालतबाट बिभिन्न प्रकृतिका ६ सय ६६ वटा मुद्दा परेकोमा ४ सय ६ मुद्धा फैसला गरेको जिल्ला अदालत सल्यानका श्रेस्तेदार हेमन्त ज्ञवालीले बताए ।
विगतका आर्थिक वर्षहरुबाट सरि आएका १ सय ८१ मुद्दा र यस वर्ष नयाँ दर्ता भएका ४ सय ८५ वटा मुद्दा गरी कुल ६ सय ६६ मुद्दामध्ये ६१ प्रतिशत अर्थात ४ सय ६ वटा मुद्दा फैसला गरिएको छ । उनका अनुसार अनुसार अब २ सय ६० मुद्दा अर्थात ३९ प्रतिशत मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ ।
सल्यान जिल्ला अदालतमा देवानी भन्दा फौजदारी प्रकृतिका मुद्दाहरु बढी दर्ता भइरहेका छन् । फौजदारीमा २ सय ४३ मुद्धा दर्ता भएकोमा १ सय १५ फर्छ्यौट भएका छन भने १ सय २८ फर्छ्यौट गर्न बाकि रहेका छन् । यस्तै देवानीमा ४ सय २३ मुद्दा दर्ता भएकोमा २ सय ९१ फर्छ्यौट गरिएका छन भने १ सय ३२ फर्छ्यौट हुन बाकि रहेका छन ।
उनका अनुसार सबै भन्दा बढि सम्बन्ध बिच्छेदका मुद्र्धा दर्ता भएको बताए । आर्थिक वर्ष २०७८/७९ मा सम्बन्ध बिच्छेदका मात्र ३ सय २२ मुद्धा दर्ता भएका छन । जस मध्य २ सय ४३ वटा फर्छ्यौट भएका छन भने २ सय २९ फर्छ्यौट हुन बाकि रहेको अदालतले जनाएको छ । अदालतका अनुसार गत बर्ष भन्दा यस बर्ष १ सय बढि संख्याले सम्बन्ध बिच्छेदका मुद्धा बढेका छन । सानै उम्मेरमा बिवाह गर्नु, बैदेशिक रोजगार, सामाजिक संजाल, पारिवारीक वेमलका कारण सम्बन्ध बिच्छेदका घटना बढदै गएको पाईएको छ ।
यस्तै ३४ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्धा दर्ता भएका छन । जस मध्य ३० वटा फर्छ्यौट भएका छन भने ३४ वटा मुद्धा फर्छ्यौट हुन बाकि रहेको अदालतका श्रेतेदार ज्ञवालीले बताए ।
प्रतिक्रिया