आइडीया नेपालद्धारा वृक्षारोपण

आइडीया नेपालद्धारा वृक्षारोपण

सुर्खेत : आइडीया नेपालले वीरेन्द्रनगर नगरपालिका–१ स्थित खहरे खोला छेउछाउ तथा भगवतीमाईको मन्दिर क्षेत्रमा वृक्षारोपण गरेको छ । संस्थाले बाढी पहिरो रोक्ने उदेश्यसहित वीरेन्द्रनगर नगरपालिका–१ को लालिगुराँस टोलस्थित खहरे खोला छेउछाउ र मन्दिर क्षेत्रमा वृक्षारोपण गरेको आइडीया नेपालका अध्यक्ष राज कुमार विश्वकर्माले बताए ।

संस्थाका अनुसार खहरे खोला छेउछाउमा बाँस रोपण गरिएको छ । बाँस र विभिन्न प्रजातीका घाँससहित पाँच सय विरुवा रोपण गरिएको आइडीया नेपालका कार्यकारी निर्देशक रचना सुनारले बताइन् । संस्थाले भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतको सहयोगमा वृक्षारोपण गरेको हो ।

यहाँ रहेको खहरे खोलामा २०७१ सालमा आएको बाढी पहिरोले बस्तीमा क्षती पु¥याएको थियो । खहरे खोलामा आउनसक्ने बाढी तथा पहिरोको जोखिम कम वृक्षारोपण गरिएको बताईएको छ । जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनार, आइडीया नेपालका पूर्व तथा वर्तमान कार्यसमिति पदाधिकारी र सदस्यहरु, आइडीया युथ क्लब, बांगेसिमल बोइज फुटबल क्लबका युवाहरु लगाएत स्थानीयको सहभागितामा वृक्षारोपण गरिएको हो ।

आइडीया नेपाल २०७४ सालमा स्थापना भएको सामाजिक संस्था हो । संस्थाले महिला, बालबालिका, किशोर किशोरी, युवा तथा दलित समुदायसँग नजिक रहेर विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको छ । महिला तथा युवाहरुलाई आयआर्जन मुलक क्रियाकलापमा संलग्न बनाउँदै आएका संस्थाले बालबालिकाहरुलाई सर्वाङ्गिण विकासका लागि पुर्ण छात्रबृतिमा शिक्षा दिईरहेको छ । संस्थाले दलित, विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री, पोषाक वितरणसँगै विभिन्न विपद् तथा महामारीको समयमा आइडीया नेपालले उद्धार र राहत वितरणको काममा अगुवाई गरिरहेको छ ।

 

प्रतिक्रिया