वीरेन्द्रनगरले बनायाे लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति

वीरेन्द्रनगरले बनायाे लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति

सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ निर्माण गरेको छ । नगरपालिकामा रहेका सीमान्तकृत समुदायको सशक्तिकरणको लागि उक्त नीति निर्माण गरिएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ लगायतका कानुनी व्यवस्था अनुसार लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरिएको हो ।

आगामी पाँच वर्षमा हिंसामुक्त नगर निर्माण गर्ने योजना अनुरुप अघि बढेको नगरपालिकाले जनाएको छ । जसका लागि पाँच वर्षसम्म विभिन्न चेतनामूलक कार्यक्रम, अभियान, बहस, रोजगारी सिर्जनालगायतका कार्यक्रमहरु गरि हिंसामुक्त नगर निर्माणको योजना बनाइएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

स्थानीय सरकार गठन भएको ५ वर्ष पछि वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरेको छ । नगरपालिकाले निर्माण गरेको नीति कार्यान्वयनका लागि पाँच वर्षे रणनीतिक योजना समेत निर्माण गरिएको छ । महिला तथा सीमान्तकृत समुदायको उत्थानका लागि पाँच वर्ष सम्म विभिन्न कार्यक्रम तथा अभियान सञ्चालन गरिने योजनामा उल्लेख छ । जसका लागि आवश्यक बजेट व्यवस्थापन तथा जिम्मेवारी समेत तोकिएको छ । हरेक वर्ष नीति कार्यक्रम तथा बजेट निर्माणका क्रममा सामाजिक क्षेत्रलाई उल्लेख्य रुपमा समेट्ने उक्त उद्देश्य उक्त नीतिमा उल्लेख छ । ekagaj.com बाट

प्रतिक्रिया