शिक्षा क्षेत्र तहसनहस हुनुमा सबै दोषि : कानून मन्त्री शाही

शिक्षा क्षेत्र तहसनहस हुनुमा सबै दोषि : कानून मन्त्री शाही

दैलेख : कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले शिक्षा क्षेत्र तहसनहस हुनुमा सबै दोषि रहेको बताएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजित ‘शिक्षा क्षेत्रको वृहत विकास र विस्तार, चामुण्डाविन्द्रासैनी नगरवासीको समृद्धिको आधार’ सम्बन्धी २ दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै मन्त्री शाहीले यस्तो बताएका हुन् ।

उनले शिक्षा क्षेत्र तहसनहस हुनुमा बालबालिका मात्रै दोषी नभई राजनीतिक दल, निर्वाचित जनप्रतिनिधी, शिक्षक, बुद्धिजीवि, अभिभावक, नागरिक समाजका अगुवा, अनुगमन र अनुसाशनको प्रक्रिया सत प्रतिशत दोषि भएको बताए ।

शिक्षा क्षेत्रको विकास र विस्तारमा वाधा आउनु वा खडेरी पर्नुमा परम्परागत मनोवृत्ती र नितिगत कमजोरी, फितलो अनुसासन, परिवर्तनको चाहना नहुनु, ईमान्दारीताको सुन्यता, दृढ संकल्प र अठोटको भाव प्रकट नहुनु, शिक्षा क्षेत्रमा दलिय स्वार्थ र हस्तक्षेप मुख्य कारक तत्व रहेको मन्त्री शाहीले बताए । अर्को प्रसंगमा मन्त्री शाहीले विश्व मानव जीवनको सर्वाङ्गिण विकास तथा जीवनको सवै पक्षलाई छुने संस्कृती शिक्षा मात्र रहेको बताए ।

कार्यक्रममा जनज्योती मावि सुर्खेतका प्रधानाध्यापक नारायण सिग्देलले चाहाना भए बहाना बनाउनु नपर्ने र चाहाना राख्ने हो भने वाहाना आफै भाग्ने बताए । प्रधानाध्यापक सिग्देलले १८ वर्ष भन्दा माथिकालाई बुबाआमाको कमाई खाने नभई आफै कमाएर खाने खालको शिक्षा दिनुपर्नेमा जोड दिए । मध्यपश्चिम विश्वविद्यालयका पुर्व रजिस्टार उपप्राध्यापक महेन्द्रकुमार मल्लले देशमा अहिले पनि शिक्षालाई सार्वजनिकरण गर्न नसकिएको बताए ।

कार्यक्रममा नगर प्रमुख गणेश कुमार शाहीले शिक्षा क्षेत्रको विकासको लागि आफु प्रतिबद्ध रहेको बताए । उनले राम्रो काम गर्ने शिक्षकलाई पुरस्कार र नराम्रो गर्नेलाई दण्ड जरिवाना गर्ने घोषणा गरे । दिगो विकासका लागि ‘पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार समृद्ध नगर निर्माणको मुल आधार’ को नारालाई पुरा गरिने प्रतिवद्धता जनाए । दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीले शिक्षा क्षेत्रको विकासका लागि घेषणापत्र जारी गर्ने छ ।

प्रतिक्रिया