कर्णालीमा लगाए १० लाखले कोरोना विरुद्धको खोप

कर्णालीमा लगाए १० लाखले कोरोना विरुद्धको खोप

सुर्खेत :  कर्णाली प्रदेशभर हालसम्म १० लाख बढी नागरिकले कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म प्रदेशभर १० लाख ७७ हजार पाँच सय २८ जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने, १० लाख ४६ हजार सात सय ४९ जनाले दोस्रो मात्रा लगाएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

तेस्रो मात्रा अर्थात बुस्टर डोज भने लक्ष्यअनुसार दिन नसकिएको निर्देशनालले जनाएको छ । पछिल्लो समय खोप प्रति नागरिकले चासो नदिएकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको निर्देशनालयको भनाई छ । बुस्टर डोज लगाउनेको संख्या ४ लाख १३ हजार ४ सय ६६ रहेको छ।

कुल जनसंख्याको ६८.७ प्रतिशत नागरिकलाई खोपको पहिलो मात्रा दिने लक्ष्य राखिएकोमा लक्षित जनसंख्याको ५९ प्रतिशतले मात्रपहिलो डोज लगाएका छन्, भने ६६.८ प्रतिशतलाई दोस्रो मात्रा दिने लक्ष्य राखिएकोमा ५७ प्रतिशतले खोप लगाएका छन् । प्रदेशभर कोरोनाको दुवै मात्रा १२ देखि १७ वर्ष उमेर समूहकाले लगाएका छन् । यो उमेर समूहका व्यक्तिहरुले लक्षित जनसंख्याको एक सय ४३ प्रतिशत पहिलो मात्रा र ९८ प्रतिशतले दोस्रो मात्राल गाएका छन् ।

यस्तै, १२ वर्ष भन्दामाथिका ७६ प्रतिशतले पहिलो र ७४ प्रतिशतले दोस्रो मात्रा लगाएका छन् । १८ वर्ष भन्दा माथिका ७० प्रतिशतले पहिलो मात्रा लगाउँदा ७० प्रतिशतले नै खोपको दोस्रो मात्रा लगाएका छन् । हालसम्म एक लाख ९७ हजार तीन सय ३८ जनामा कोरोना परीक्षण गरिएकोमा ३९ हजार नौ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशभर एक लाख ३० हजार दुई सय ९४ जनामा आरटी पीसिआर विधिबाट गरिएको परिक्षणमा २३ हजार दुई सय ५४ र ६७ हजार ४४ को एनटीजेन्ट प्रविधिबाट गरिएको परिक्षणमा १५ हजार सात सय ५५ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ।

हालप्रदेशभर सक्रिय संक्रमितको संख्या एक सय ४३ रहेको छ भने, तीन सय ९१ जनाले ज्यान गुमाउँदा ३७ हजार ७६ जनानिको भएर घर फर्किएको निर्देशनालयले जनाएको छ। १० वटा जिल्ला रहेको कर्णालीमा सुर्खेत र जुम्लामा दुई वटा कोभिड हव अस्पतालको छन् । कोरोना परिक्षणका लागि ४ वटा पिसिआर ल्यावभएको भए पनि हाल एक वटामात्र सञ्चालनमा छ।

जुम्ला, दैलेख र चौरजहारीमा रहेकाल्यावबन्दअवस्थामा छन्। एन्टिजेन्ट प्रविधिबाट परिक्षण भने १० वटै जिल्लाहरुबाट भईरहेको छ । प्रदेश भर १८ सय पाँच कोभिड आइसोलेसन बेड र ७३ वटा आइसोलेसन वार्ड रहेका छन्।

यस्तै, सघन उपचार कक्षको संख्या ६८, भेन्टिलेटर, १८ सय पाँच अक्सिजन सिलिण्डर, चार सय ९७ अक्सिजन कन्सटेटर र एचडिआइआइ युनिट दुई सय बेड क्षमताको रहको छ। सात सय ८४ वटा स्वास्थ्य संस्था रहेकोमा प्रदेशभर १६ वटा अक्सिजन प्लाण्ट छन् । हाल ११ वटा अक्सिजन प्लाण्ट मात्र सञ्चालनमा छन्।

कर्णालीमा पछिल्लो समय नागरिकहरुमा चेतनाको कमिले कोरोनाको खोप लगाउनेको संख्या घट्दै गएको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा। रविन खड्का बताउँछन् । ७९ वटै स्थानीय तहमा खोप पु¥याएको भए पनि लक्ष्यअनुसार खोप दिन नसकिएको खड्काको भनाई छ । उनकाअनुसार स्थानीय पालिकामा पठाइएको खोप लगाउन नागरिकहरु नआउँदा करिव १० हजार डोजखोप खेर गएको छ।

प्रतिक्रिया