सल्यानमा बर्सेनी बलात्कारका घटना बढ्दो
सल्यान : गत असार २२ गते सल्यानको कुमाख गाउँपालिकाकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भयो । ठुलीआमाको घरमा सुत्न गएकी बालिका अपरिचित व्यक्तिबाट बलात्कृत भइन । बलात्कारको आरोपमा प्रहरीले जाजरकोटका दुई युवालाई पक्राउ ग¥यो । यसअघि फागुन २० गते मानसिक सन्तुलन ठिक नभएकी १७ वर्षिया बालिका छिमेकी काका नाता पर्नेबाटै बलात्कृत भइन । यी केही उदाहरण मात्र हुन ।
सल्यानमा बलात्कारका घटना बर्सेनी बढ्दै छन् । सरकारले बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा पनि ल्याइरहेको छ । तर पनि जिल्लामा यस्ता घटना कम हुनुका सट्टा बढेको बढ्यै छन् । कतिपय घटनामा त आफन्तकै संलग्नता पाइएको छ ।
गत आर्थिक वर्षभित्र ३७ वटा उजुरी दर्ता
सल्यानमा गत आर्थिक वर्षभित्र ३७ वटा बलात्कारका घटनाका उजुरी प्रहरीकोमा दर्ता भएका छन् । आफन्तैबाट बालिका बलात्कृत हुनुमा मादक पर्दाथ सेवन तथा आपराधिक मनोवृत्तिको प्रमुख कारण देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । बलात्कार, बलात्कार प्रयास तथा अन्य महिला हिंसाको मुख्य कारणको रुपमा मदिरा सेवन अनुसन्धानका क्रममा देखिएको उनको भनाई छ ।
कतिपय बलात्कार र बलात्कार प्रयासका घटना प्रेम सम्बन्धका कारण पनि हुने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । बलात्कारसँगै सबै यौन हिंसाका घटना प्रहरी कार्यालयसम्म आउन सकेका छैनन् ।
उमेर नपुग्दै बालबालिका बिच प्रेम सम्बन्ध हुने र पछि अभिभावकले थाहा पाएपछि त्यसलाई जबरजस्ती करणीको रुपमा मुद्दा हाल्ने प्रवृत्तिले पनि घटनामा वृद्धि देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालको भनाई छ ।
जिल्ला अदालत सल्यानमा २०७८ साल साउन देखि २०७९ साल असारसम्म ६४ वटा जबरजस्ती करणी र जबरजस्ती करणी उद्योगका मुद्दा दर्ता छन् । ती मध्ये ३० वटा फच्यौट भएका छन् भने ३४ वटा मुद्दा विचाराधीन छन् ।
धेरै जसो घटनामा बालिका पीडित
अदालतको तथ्याङ्क अनुसार धेरै जसो घटनामा बालिका पीडित भएको देखिएको सल्यान अदालतका श्रेष्टेदार हेमन्त ज्ञवालीले बताउनु भयो । बलात्कार तथा बलात्कार प्रयासका मुद्दा दर्ता गरे पनि कतिपय भने होस् टाइल भइदिने गरेको उनी बताउँछन् ।
बलात्कार र बलात्कार प्रयासका थुप्रै कानुन निर्माण र सजायको माग भए पनि घटनामा कमी आउन सकेको छैन । यस्ता घटनामा तत्काल उजुरी गर्न र अनुसन्धानमा सहयोग पु¥याउन प्रहरीले पीडित पक्षसँग अनुरोध गरे पनि ढिलो गरी उजुरी आउनुले अपराधी उम्कने खतरा बढेको देखिन्छ ।
प्रतिक्रिया