बालुवाटारमा सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक चल्दै

बालुवाटारमा सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठक चल्दै

फाइल तस्बीर

काठमाण्डौ :  सत्ता गठबन्धन अन्तर्गतको सिट बाँडफाँट कार्यदलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले बताए ।

आउदो मङ्सिरमा हुने आम चुनावको सिट बाँडफाँटका लागि गठबन्धनले कार्यदल बनाएको छ । कार्यदलले साउनभित्रै बाँडफाँटको काम सक्ने तयारी गरेको छ ।

कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ । त्यस्तै माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

गएको वैशाखमा सम्पन्न पालिका चुनावमा तालमेल गरेका पाँच दलले आउँदो प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा पनि तालमेल गर्ने निर्णय गरेका छन् । सत्ता गठबन्धनले तालमेल गरेमा आफ्नो दलले पराजय बेहोर्ने भन्दै एमालेले पनि गठबन्धनबाहेकका दलसँग मोर्चा बनाउन प्रयास गरिरहेको छ ।

प्रतिक्रिया