पर्यटन प्रर्बद्धन गर्न दैलेखमा टिकटक प्रतियोगिता हुँदै

पर्यटन प्रर्बद्धन गर्न दैलेखमा टिकटक प्रतियोगिता हुँदै

दैलेख :  सिक्ने अभियानद्धारा संचालित प्रोजेक्ट ठुट्टेले दैलेखमा टिकटक प्रतियोगितको आयोजना गरेको छ । धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने दैलेखको महाबुको उत्कृष्ट टिकटक बनाएर पर्यटन प्रर्बद्धनका लागि आयोजना गरेको हो ।

धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने महाबुको उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरेको प्रोजेक्ट ठुट्टेले जनाएको छ । टिकटक प्रतियोगितामा भाग लिने प्रतिसपर्धिले टिकटक भिडियो पोष्ट गर्दा चारवटा हयाचटयाग महाबु अन टिकटक, प्रोजेक्ट ठुट्टे, एक्सपोलोर महाबु दैलेख अनिवार्य राख्नुपर्ने छ ।

नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियो बनाउनेले तीनहजार तीनसय रुपैयाँ नगद, प्रोजेक्ट ठुट्टेको आकर्षक क्याप, बिजेताको फोटो (फ्रेमसहित) पुरस्कृत गरिने आयोजकले जनाएको छ । भदौ २० गतेसम्म जाने भ्युज र लाइकको आधारमा बिजेता घोषणा हुनेछ।

प्रतिक्रिया