महाबु प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता

महाबु प्रवर्द्धनका लागि टिकटक प्रतियोगिता

सुर्खेत  :  सिक्ने अभियानद्धारा संचालित प्रोजेक्ट ठुट्टेले दैलेखमा टिकटक प्रतियोगिताको आयोजना गरेको छ । धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने दैलेखको महाबुको उत्कृष्ट टिकटक बनाएर पर्यटन प्रर्बद्धनका लागि प्रतियोगिताको आयोजना गरिएको हो ।

धार्मिक तथा पर्यटकीय रुपमा महत्वपुर्ण मानिने महाबुमा जनैपूणिर्मामा लाग्ने मेलालाई मुख्य ध्यानमा राखि प्रतियोगिताको आयोजना गरिएको सिक्ने अभियानका आर्ट संयोजक नारायण कार्किले बताए ।

उत्कृष्ट टिकटक भिडियो बनाएर पोष्ट गर्नेलाई आयोजकले आर्कषक पुरस्कारको समेत व्यवस्था गरेको छ । टिकटक प्रतियोगितामा भाग लिने प्रतिस्पर्धिले टिकटक भिडियो पोष्ट गर्दा चारवटा हयाचटयाग महाबु अन टिकटक, प्रोजेक्ट ठुट्टे, एक्सपोलोर महाबु र दैलेख अनिवार्य राख्नुपर्ने छ ।
नियम पूरा गरि पोष्ट भएको एक उत्कृष्ट भिडियो बनाउनेले तीनहजार तीनसय तिन रुपैयाँ नगद, प्रोजेक्ट ठुट्टेको आकर्षक क्याप, बिजेताको फोटो (फ्रेमसहित) पुरस्कृत गरिने आयोजकले जनाएको छ । भदौ २० गतेसम्म हुने भ्युज र लाइकको आधारमा बिजेता घोषणा हुनेछ।

सिक्ने अभियानले यसअघि देखि नै देलेख जिल्लामाा फोहोर, बातावरण तथा युवाहरू र एकल महिलाको क्षमता अभिवृद्धिका क्षेत्रमा विभिन्न क्रियाकलाप सञ्चालनको सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया