प्रधानमन्त्री देउवा भेट्न बाबुराम पुगे बालुवाटार
![प्रधानमन्त्री देउवा भेट्न बाबुराम पुगे बालुवाटार](https://snowberry.prixacdn.net/media/gallery_folder/deuba-baburam_4SBqvcRAOp_7zafsgct4khm7wzsvqifx0oipdfexxzy6rkcr953m5ujycptorbb121omwp0.jpg)
काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
भेटमा समसामयिक राजनीतिक विषयदेखि गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए ।
छलफलमा नेपाल समाजवादी पार्टीका अर्का अध्यक्ष महेन्द्र यादव पनि सहभागी छन् । जसपाबाट अलग भएको समाजवादी पार्टीलाई पनि सत्तारुढ गठबन्धनमा ल्याउने तयारी गरिएको छ । गठबन्धनको पछिल्लो बैठकमा यसबारे कुरा उठेको थियो ।
प्रतिक्रिया