३७ औं राष्ट्रिय शिक्षा तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस २०७३

३७ औं राष्ट्रिय शिक्षा तथा अन्र्तराष्ट्रिय साक्षरता दिवस २०७३

भाद्र २३, दैलेख समृद्ध राष्ट निर्माणका लागि जिवनोपयोगि शिक्षामा लगानी भन्ने मुल नाराका साथ यो वर्षको ३७औँ राष्टिय शिक्षा तथा अन्तराष्टिय साक्षरता दिवश २०७३ धुमधामका साथ सदरमुकाममा मनाइएको छ ।

education day (3) education day (1)राष्टिय शिक्षा तथा अन्तराष्टिय साक्षरता दिवस जिल्ला मुल समारोह समितिको आयोजना र सेभ द चिल्डेन, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहयोग र मुल समारोह समिति राष्ट्रिय शिक्षा तथा अन्तरराष्ट्रिय साक्षरता दिवश समितिको आयोजनामा मनाइएको दिवशमा विभिन्न विद्यालयमा अध्यानरत विद्यार्थी शिक्षक शिक्षिका, राजनीतिक दल, सरकारी निकाय, सुरक्षा निकाय, संघ संस्थाका प्रमुख प्रतिनिधि लगाएत संचारकर्मी, बुद्धिजीबिहरु शिक्षा सँग सम्वन्धित नाराहरु लेखिएका व्यानर र प्लेकार्ड सहित सहभागि थिए ।
स्थानीय गणेशचौकवाट सुरु भएको विसाल र्याली श्री सरस्वाती उमावि झुप्रेशालको प्रांगणमा गएर सभामा परिणत भएको थियो । कोण सभालाई सम्वोधन गर्दै सभाका प्रमुख अतिथि लक्ष्मी प्रसाद पोखरेले संसोधित शिक्षा ऐन वमोजिम एमाले सँग सम्वद्ध शिक्षकहरुले राजनीतिक पार्टी संरचनाका कार्यकारीणि पदमा नरहने र नराखिने कुरा व्यक्त गरे । शिक्षा क्षेत्रको विकासका लागि शिक्षा पेशामा सलग्न शिक्षकहरुले राजनीतिक गर्न हुदैन, यसले शिक्षण संस्था र शिक्षाको गुणस्तरमा असर गर्छ उन्को भनाई थियो । शिक्षाको महत्वले मानव जिवनका सबै क्षेत्रमा असर गर्ने भएकाले यसलाई गुणस्तरिय र सर्व सुलभ वनाउन सबैको दायित्व उत्तिकै महत्वपुर्ण रहेको सभाका विशेष अतिथि प्रमुख जिल्ला अधिकारी लुकवहादुर क्षेत्रीले बताए । सभामा जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले जिल्लाको शैक्षिक अवस्थाको वारेमा विश्लेषणात्म जानकारी गराएका थिए ।
education dayशिक्षाको गुणस्तर राम्रो भएन सासन संचालकहरुले गरेनन, व्यवसयिक, वैज्ञानिक र जिवनोपयोगी शिक्षा सम्वन्धी ऐन नियम बनाइएन भनेर दोष लगाउने ठाउँ दलहरुलाई नरहको नेपाली कांग्रेसका जिल्ला सहसचिव रत्न शाहीले बताए । ऐन नियम फेरवदल गर्ने नयाँ निर्माण गर्ने ठाउँ सरकारमा अधिकाँस दलहरुले नेृत्व गरिसकेका छन्, कसैले प्रतिनिधित्व समेत गरेर पनि सरकारमा सहभागि भए, त्यसर्थ यो पुगेन उ पुगेन भनेर गरिने गालिको कुनै तुक हुँदैन सबैले आआफ्नो भुमिका इमान्दारीताका साथ निर्वाह गर्ने र श्रोत निर्माणमा जुट्न सके व्यवसायिक, वैज्ञानिक र जिवनपोयोगी शिक्षाको नाराले सार्थकता पाउँछ शाहीको तर्क थियो ।
देश सँघीय पुनरसंरचनामा अघि वढि सकेकाले शिक्षा क्षेत्रको विकास गर्ने जिम्वेवारी स्थानीय सरकामै आउने नेकपा एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माले बताए । स्थानीय इकाईहरु निर्माण हुन थालि सके, शिक्षालाई कस्तो वनाउने भन्ने कुरा अवको स्थानीय सरकारमा पनि भर पर्छ, सबै पोजेटिभ भई दिउँ, अनुसासित भएर काम गरौँ शिक्षालाई सुधारर्न सकिन्छ शर्माको भने । सभामा माओवादी केन्द्रका केन्द्रिय सदस्य तेजबहादुर चन्द, राष्टिय जनमोर्चाका अध्यक्ष मायाराम अधिकारी, नेमकिपाका लक्ष्मी विक, राप्रपाका रामवहादुर थापा लगाएत पेसागत संघ संगठन र संस्थाका व्यक्तित्वाहरुले सुभकामना मन्तव्य दिएका थिए । दिवसको अवसरमा विभिन्न प्रतियोगितामा सहभागी विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । शिक्षा मन्त्रालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै शिक्षक र श्रोत व्यक्तिहरुलाई गरेको कदर स्वरुपा दिएको सम्मान पदक र प्रसंसा पत्र सभाका अतिथिहरुले प्रदान गरेका थिए । शिक्षण सेवामा उदाहरणिय कार्य गरेको भन्दै जिल्ला शिक्षा कार्यालयबाट केही प्रावि, निमावि र माविका शिक्षकहरु पनि सम्मानीत भएका छन् । सम्मानीत शिक्षकहरुलाई जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद गोतामेले प्रसंसा पत्र प्रदान गरेका थिए ।
यसै गरि दैलेख जिल्लामा शिक्षा क्षेत्रको विकासमा योगदान गरेको भन्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखलाई पनि प्रशंसा पत्र दिएको थियो ।

प्रतिक्रिया