कर्णालीका नवनियुक्त पर्यटनमन्त्री शाहीको आज सपथ
![कर्णालीका नवनियुक्त पर्यटनमन्त्री शाहीको आज सपथ](https://snowberry.prixacdn.net/media/gallery_folder/bir-bhadur_dDVKYvuLa2_fxaqdyyqdru3dpwyvxko7c1je86koovx8mw1omiihnqjevmlaxd90drvvurd.jpg)
सुर्खेत : कर्णाली प्रदेश,उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । उनी गत बिहीबार मन्त्री बनेका थिए । सपथ आज हुने छ ।
यसअघि मन्त्री रहेका गैरसांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद शाहीलाई मन्त्री बनाउन माओवादी केन्द्रले सिफारिस गरेको थियो ।
मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको भन्दै शाहीको शपथका लागि प्रदेश प्रमुखको कार्यालयलाई सिफारिस गरेका थिए ।
प्रतिक्रिया