८३ जनालाई विद्यालय व्यवस्थापन सम्बन्धी तालिम

८३ जनालाई विद्यालय व्यवस्थापन सम्बन्धी तालिम

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिकामा ८३ जनालाई विद्यालय व्यवस्थापन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना, ठाटीकाँध गाउँपालिकाको साझेदारी तथा एईआइएन लक्जेम्वर्गको सहयोगमा तालिम प्रदान गरिएको हो ।

यो गाउँपालिकामा एईआएन लक्जेम्बर्गको सहयोगमा सोसेक नेपालद्धारा सञ्चालित गुणस्तरिय शिक्षा अभिबृद्धि, स्वास्थ्य र जिविकोपार्जन (सहकार्य) परियोजना सञ्चालित छ । परियोजना अन्तरगर्त विद्यालय व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

ठाटीकाँध गाउँपालिका वडा नम्बर १ देखि ६ सम्मका विभिन्न ३४ विद्यालयका विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, शिक्षक अभिभावक संघ तथा जनप्रतिनीधिहरुसहित ८३ जनालाई तालिम आयोजना गरिएको परियोजना संयोजक जीबराज रेग्मीले बताए ।

तालिम तीन चरणमा सञ्चालन गरिएको थियो । ठाटीकाँध गाउँपालिका वडा नम्बर १, २, ५ र ६ को सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको फिल्ड कार्यालयमा तालिम प्रदान गरिएको परियोजना संयोजक रेग्मीले बताए । उनका अनुसार वडा नम्बर ३ र ४ का लागि विशालास्थित भवानी मावीमा तालिम सञ्चालन गरिएको थियो ।

तालिममा सकारात्मक अभिभावकत्व र आवश्यकता, बालबालिका सित गर्ने व्यवहार, नेतृत्व विकास, विद्यालय व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार, शिक्षक विद्यार्थी र अभिभावकको आचारसंहिता, उत्प्रेरणा, समय व्यवस्थापन, आचारसंहिता निर्माण तथा कार्ययोजना निर्माण लगाएतका विषयबस्तुमा छलफल, अन्तरक्रिया भएको छ । ठाटीकाँध गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख नेत्र बहादुर थापा र रत्न बुढा लगाएतले तालिमको सहजिकरण गरेको परियोजना संयोजक रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया