प्रदेश प्राप्ति गर्ने शहीदका सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध छ : नेता शाही

प्रदेश प्राप्ति गर्ने शहीदका सपना पूरा गर्नका लागि माओवादी प्रतिबद्ध छ : नेता शाही

फाइल तस्बीर

सुर्खेत :  कर्णाली प्रदेशका संस्थापक पुर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश प्राप्तिको आन्दोलनका क्रममा शहीद भएका व्यक्तिहरुको सपना पूरा गर्नका लागि नेकपा माओवादी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रदेश स्थापना दिवस तथा सहिद दिवस–०७९ को अवसरमा शुभकामना सन्देश दिँदै उनले आन्दोलनका क्रममा व्यक्त भएको उत्साह र सपना पूरा गर्न माओवादी केन्द्र प्रतिबद्धताका साथ लागिरहेको बताएका हुन्।

‘भौगोलिक विकटता, आर्थिक विपन्नता, सामाजिक पछौटेपन र भौगोलिक विकासमा पछाडि रहेको कर्णालीलाई तीव्र सामाजिक, आर्थिक र भौतिक विकास गरि अघि ल्याउन माओवादी अग्रसर छ,’उनले भने,‘ हाम्रो दलको अभियानका सबै तह र तप्काको सहयोगका लागि आह्वान गर्दछु ।’

उनले हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश कायम गरिएको विरोध तथा प्रदेश बासीका लागि छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित १३ दिनसम्म चलेको जनआन्दोलन र ४ जना शहीदहरुको बलिदानी पश्चात नै कर्णाली प्रदेश स्थापना भएको बताएका छन् ।

प्रतिक्रिया