जुम्लाको दुर्गम गाउँ तिर्खुमा चलचित्रको वर्ल्ड प्रिमियर सम्पन्न
चलचित्र हल समेत नभएको ठाउँमा प्रोजेक्टरबाट चलचित्र प्रदर्शन
सुर्खेत : जुम्लामा चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ। जुम्लाको दुर्गम गाउँ तिर्खुमा चलचित्रको वर्ल्ड प्रिमियर सम्पन्न भएको हो । भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको आइतबार साँझ पातारासी गाउँपालिकाको तिर्खु गाउँमा अवस्थित ऋण मोक्ष माध्यमिक विद्यालयको परिसरमा प्रिमियर गरिएको हो।
चलचित्र हल समेत नभएको उक्त गाउँमा प्रोजेक्टरबाट चलचित्र प्रदर्शन गरिएको हो । बिजुली समेत नभएका कारण चलचित्र टिमले प्रिमियरका लागि जेनेरेटर समेत आफैले लिएर गएको थियो। प्रिमियरमा चलचित्रका नायक प्रदीप खड्का र लेखक विकास सुबेदी सहभागी भएका थिए। दुबैलाई स्थानीय बासिले झाकि सहित स्थानीय संस्कार अनुसार फुलमाला र फेदा लगाएर स्वागत गरेका थिए।
४५ दिनसम्म तिर्खु गाउँमा नै चलचित्र छायाङ्कन गरिएको हो। निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहन सहन, रीतिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रूपमा त्यहीका स्थानीय जनता माझ चलचित्रको प्रिमियर गरिएको जनाएका छन्।
प्रतिक्रिया