मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै

मतदाताको भावना बुझ्न काँग्रेस गाउँ जाँदै

दैलेख : आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधी सभाको चुनावका लागि मतदाताकाे भावना नेपाली काँग्रेस गाउँ जाने भएको छ । जनमत आफ्नो पक्षमा पार्न मतदाताका राय सल्लाह सुझाव लिनको केन्द्रिय सर्कुलर अनुसार ‘जनताका साथमा काँग्रेस’ अभियान लिएर घरदैलो गर्ने भएको हो ।

जनताका साथ काँग्रेस अभियान लागि केन्द्रिय प्रतिनिधी देखी टोलसम्म ५४८ जना पदाधिकारी परिचालन गरिने नेपाली काँग्रेस दैलेखले जनाएको छ । शुक्रवार नेपाली काँग्रेसको जिल्ला कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पदाधिकारी गाउँ वा टोल पुगे नपुगेको अनुगमन गरेर प्रतिवेदन दिनको लागि ९ जना सदस्यीय समिति बनाएको छ ।

भदौ १० देखी २४ सम्म सञ्चालन गरिने अभियानमा मुख्य त काँग्रेसले चारवटा कुरालाई प्राथमिकतामा राखेको जनाएको छ । आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधी सभाका लागि प्रचार प्रसार गर्ने, दलित, महिला र उत्पिडन वर्ग लगायत अन्य नागरिकले काँग्रेस पार्टीबाट गरेको अपेक्षा, जनताका पार्टी प्रति गुनासा र रायसल्लाह, पार्टीले मुलुकको रुपान्तरण र व्यवस्था परिवर्तनको लागि खेलेको भुमिका, संघिय लोकतान्त्रिक गणतन्त्र व्यवस्था र संविधान रक्षा र निर्वाचनमा तालमेल गरेर जानुका कारणबारे जानकारी दिनको लागि यो अभियान थालिएको नेपाली काँग्रेसका जिल्ला पार्टी सचिव नारायण रेग्मीले जानकारी दिए ।

पार्टीको केन्द्रिय सर्कुलर अनुसार नै नेपाली काँग्रेसले गएको बैशाख ३० मा भएको स्थानीय चुनावमा पार्टीका उम्मेवार विरुद्ध स्वतन्त्र उम्मेदवार दिने व्याक्तिलाई मंसिर ४ सम्म कारवाही स्थगित गरेको नेपाली काँग्रेस दैलेखका पार्टी सभापति मणिराम रेग्मीले जानकारी दिए । ‘आगामी मंसिरमा ४ मा हुने प्रदेश सभा र प्रतिनिधी सभाको चुनावको लागि उहाँको भुमिकालाई हेरेर मात्र कारवाही गरिनेछ, त्यहाँसम्म उहाँले पार्टीप्रति इमान्दार भएर लाग्नु भयो भने कारवाही हुँदैन् ।’

मंसिर ४ मा हुने निर्वाचनको लागि प्रदेशको १३ गते, क्षेत्रको १५ गते र जिल्लाको १७ गते बैठक बसेर प्रदेश र संघ उम्मेदवारहरु टुंगोमा पु¥याउन लागि नेपाली काँग्रेसले जिल्ला कार्यसमितिलाई पत्राचार समेत गरेको छ । जनताका साथमा काँग्रेस अभियानका दैलेख प्रतिनिधी नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीवविक्रम शाहले अनलाईन सन्देश मार्फत अभियानको उद्घाटन गरेका थिए ।

प्रतिक्रिया