सोसेक नेपालको अध्यक्षमा मञ्जुकुमारी खड्का

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको अध्यक्षमा मञ्जुकुमारी खड्का चयन भएकी छन् । शनिवार सम्पन्न सोसेकको २५ वार्षिक उत्सब, साधारण सभा तथा रजत जयन्तीबाट अध्यक्षमा खड्का चयन भएकी हुन् । कार्यवाहाक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएकी खड्कालाई अध्यक्षमा चयन गरिएको हो । संस्थाका निवर्तमान अध्यक्षमा हीरासिंह थापा छन् ।
साधारण सभाले सदस्यहरुमा महेन्द्रकुमार कार्की, कमला चन्द, मनसरा थापामगर, कविराज रिजाल, सुजन न्यौपाने, कमला कुमारी नेपाली (बादी), ललिताकुमारी भण्डारी, संगिता राना, र लक्ष्मण कुमार कार्की चयन भएको निवर्तमान अध्यक्ष समेत रहेका संस्थाका कार्यकारी प्रमुख तथा संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए ।
साधारण सभाबाट निर्वाचित अध्यक्ष तथा सदस्यहरुले शनिवार साँझ नै शपथ ग्रहण गरेका छन् । कार्यसमितिको आगामी बैठकले समितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष पदको लागि जिम्मेवारी तोक्ने निर्णय गर्नेछ ।
प्रतिक्रिया