गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

दैलेख : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको छ । ९ महिनाको गर्भ रहेकी गाउँपालिका–५ की १९ वर्षीय सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो ।
बच्चा जन्मनु अघि पलासेन्टा (साल) अगाडी आई रक्तस्राव बढेपछि गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर विकका अनुसार सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया