डिएसपी साह र निमित्त प्रजिअ कोइरालाद्धारा कारागार निरीक्षण

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साह र निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले कारागार निरीक्षण गरेका छन् । डिएसपी साह, निमित्त प्रमुख जिल्ला अधिकारी कोइराला र राष्ट्रिय अनुसन्धान कार्यालय दैलेखका प्रमुख दिल बहादुर चौधरी लगायतको संयुक्त टोलीले जिल्ला कारागार दैलेखको अनुगमन तथा निरीक्षण गरेको हो ।
टोलीले कारागार पेरिमिटर सुरक्षा व्यवस्था, भित्री सुरक्षा व्यवस्था, कैदीहरुको अवस्था, खानपिन, सरसफाई लगायतको जानकारी लिएको बताईएको छ । अनुगमन तथा निरीक्षणका क्रममा डिएसपी साहले कारागार सुरक्षामा कार्यरत प्रहरी कर्मचारीहरुलाई सुरक्षा व्यवस्था कडाईका साथ गर्न र शिष्ट नम्र बोली व्यवहार गर्न तथा आवश्यक विभागिय निति निर्देशन दिएका छन् ।
प्रतिक्रिया