स्वास्थ्य शाखाको वार्षिक समिक्षा तथा योजना तर्जुमा सम्पन्न

स्वास्थ्य शाखाको वार्षिक समिक्षा तथा योजना तर्जुमा सम्पन्न

दैलेख : ठाटीकाँध गाउँपालिकामा वार्षिक समिक्षा तथा योजना तर्जुमा सम्पन्न भएको छ । ठाटीकाँध गाउँपालिका स्वास्थ्य शाखा र स्वास्थ्यका लागि सक्षम प्रणालीको आयाोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पालिका भित्रका ७ वटा स्वास्थ्य संस्था तथा ठाटीकाँध गाउँपालिकामा कार्यक्षेत्र रहि स्वास्थ क्षेत्रमा कार्यरत सोसेक नेपाल र सुहाआरा कार्यक्रमको आर्थिक वर्ष २०७८/०७९ को प्रगति समिक्षा तथा आगामी वर्षको कार्ययोजना सहितको योजना तर्जुमा सम्पन्न भएको छ ।

निमित्त प्रमूख प्रशासकिय अधिकृत मन बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रक्ष बहादुर शाहको प्रमूख आथित्यता र उपाध्यक्ष देविराम बडुवालको विशेष आथित्यता रहेको थियो ।

दुई दिनसम्म सञ्चालित कार्यक्रममा ६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य र विषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा उत्कृष्ठ कर्मचारी तथा स्वास्थ्य संस्थालाई सम्मान समेत गरीएको स्वास्थ्य शाखा संयोजक रबिन्द्र भण्डारीले जानकारी दिए ।

 

प्रतिक्रिया