दैलेख अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनित

दैलेख अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनित

दैलेख : दैलेख जिल्ला सदरमुकामस्थित रहेको दैलेख जिल्ला अस्पताल विकास समितिको अध्यक्षमा क्षेत्र प्रताव सुवेदी मनोनित भएका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सुवेदीलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गरेको हो ।

नौमूले गाउँपालिका–६ का सुवेदीलाई मन्त्रीस्तरिय निर्णय अनुसार आगामी चार वर्षका लागि अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरिएको हो । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन २०७८ को दफा २ को खण्ड क अनुसार सामाजिक विकास मन्त्रालयको भदौ १ गतेको मन्त्रीस्तरिय निर्णयले सुवेदीलाई अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया