कर्णालीमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी

कर्णालीमा एमालेले बनायो निर्वाचन परिचालन कमिटी

सुर्खेत :  नेकपा एमाले कर्णाली प्रदेश कमिटीले ३ सय १४ सदस्यीय प्रदेश निर्वाचन परिचालन कमिटी गठन गरेको छ।

एमाले कर्णाली प्रदेश कमिटिको भदौ २१ र २२ गते वीरेन्द्रनगरमा बसेको बैठकले प्रदेश अध्यक्ष विनोदकुमार शाहको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्न उक्त कमिटी गठन गरिएको अध्यक्ष शाहले जानकारी दिए। यस्तै शाहकै संयोजकत्वमा २६ सदस्यीय सचिवालय गठन गरेको छ।

प्रतिक्रिया