चामुण्डा क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निरकबहादुर शाही

चामुण्डा क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निरकबहादुर शाही

दैलेख : चामुण्डा क्याम्पस चामुण्डाको दोस्रो साधारण सभाबाट सञ्चालक समिति गठन भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ देउरालीस्थित चामुण्डा क्याम्पसको दोस्रो साधारण सभाको उद्घाटन चामुण्डा बिन्द्रासैनी नगरपालिकाका नगरप्रमुख गणेश बहादुर शाहिले भाद्र १० गते गरेका थिए । नगरप्रमुख शाहीबाट उद्घाटन भएको दोस्रो साधारण सभाको दोस्रो बैठक भाद्र २५ गतेका लागी बोलाइएको थियो ।

दोस्रो साधारण सभाबाट सर्वसम्मत सञ्चालक समिति गठन भएको हो । समितिको अध्यक्षमा निरक बहादुर शाही, उपाधयक्षमा कमलापति सुवेदी, सदस्यहरु कृष्णा आचार्य, पुर्ण खड्का, चाउथे कामी, नगेन्द्र बहादुर शाही, जय प्रसाद तिमिल्सेना, खडानन्द सुवेदी, खगिसरा कंडेल र नन्दा विष्ट सर्वसहमत चयन भएको क्याम्पस प्रमुख प्रेम बहादुर विष्टले जानकारी दिए ।

साधारण सभाको समापन चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष एवं साधारण सभाका अध्यक्ष दिप बहादुर शाहीले गरेका थिए । यस अघि सञ्चालक समितिका अध्यक्ष जग्य बहादुर शाही थिए ।

प्रतिक्रिया