कहाँ पुग्यो भ्यू टावर योजना ?

कहाँ पुग्यो भ्यू टावर योजना ?

दैलेख, असोज ३ । दैलेखको सेरी गाविसस्थित गुराँसे डाँडामा भ्यू टावर बनाउने तयारी भए पनि सो योजना सम्बन्धि फाईल पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा थन्किदा काम सुरु हुन सकेको छैन । सरकारले पाँच विकास क्षेत्रमा पर्यटन पर्वद्धनका ५ वटा भ्यू टावर बनाउने नीति बनाएपछि मध्यपश्चिमाञ्चल विकास क्षेत्रको टावर गुराँसे डाँडामा बनाउने तयारी थालिएको थियो ।

गुराँसेमा प्राविधिक टोलीसमेत आएर टावर सम्बन्धि सर्वेक्षण गरिसेको जिल्ला विकास समिति दैलेखका सूचना अधिकृत शमशेरबहादुर शाहीले बताए । प्राविधिक टोली दैलेख आएर सर्वेक्षण गरेपछि जिविसले योजना सम्बन्धि प्रतिवद्धता र सिफारिस पनि गरेको उनले जानकारी दिए । गत आर्थिक वर्षमा भ्यू टावर निर्माणका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन भए पनि सो रकम खर्च नभई फ्रिज भएको बुझिएको छ । टावर सम्बन्धि योजना बाँकेको कोहलपुरस्थित पर्यटन कार्यालयले कार्यान्वयन गर्छ । दैलेखमा टावर बनाउने योजना पनि कोहलपुर पर्यटन कार्यालयबाटै हुने सूचना अधिकृत शाहीले बताए । पर्यटन कार्यालय कोहलपुरका अनुसार गत वर्षको ३५ लख रुपैयाँ आर्थिक वर्षको अन्तिममा आएकाले फिर्ता भएको हो । कोहलपुर कार्यालयले गत वर्ष बजेट खर्च नगरेपनि याृजनाको लागत स्टिमेट बनाएर पर्यटन विभागलाई कार्यान्वयनका लागि अगाडी बठाएको जनाइएको छ । करिब १ करोड २५ लाख रुपैयाँको लागतमा ३ तलले टावर निर्माण गर्ने योजना कोहलपुर कार्यालयले बठाएअनुसार पर्यटन विभागले कार्यक्रम स्वीकृतसमेत गरेको जनाइएको छ ।

पर्यटन विभागले गुराँसेमा टावर बनाउने योजना पारित गर्दै बजेटका लागि पर्यटन, संस्कृति नागरिक उड्डयन मन्त्रालयमा फाइल बठाएको पर्यटन कार्यालय कोहलपुरले जनाएको छ । तर चालु आर्थिक वर्षमा सो टावर निर्माणका लागि कुनै पक्रिया अगाडी नबढेको जिविस दैलेखका सूचना अधिकृत शाहीले बताए । उनले मन्त्रालयमा गएर पहल गर्न सके चालु आर्थिक वर्षमा टावर निर्माणको का अगाडी बढ्न सक्ने बताए । पर्यटन मन्त्रालयका प्रवक्ता तथा सहसचिब घनश्याम उपाध्यायले विभागले पठाएको फाईल अध्यायन गरेर अगाडी बढाउने जनाए । उनले कार्यक्रमबारे विस्तृत जानकारी आफूले नपाएकोसमेत बताए ।

दैलेखको गुराँसे डाँडामा भ्यू टावर बने सो क्षेत्र पर्यटकीय गन्तव्य बन्ने निश्चत छ । सो डाँडाबाट मध्यपश्चिमका अधिकाँश जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया