दैलेखलाई पर्यटकीय गन्तव्य बनाइँदै

दैलेखलाई पर्यटकीय गन्तव्य बनाइँदै

दैलेख, असोज ३ । पर्यटकीय दैलेखलाई पर्यटकीय गन्तव्य बनाउने तयारी भएको छ । राजधानी काठमाडौंबाट आएको पर्यटन व्यवसायी, राजनीतिक दलका प्रतिनिधि र पत्रकारको टोलीले दैलेखस्थित सरोकारवालसँग छलफल गरि दैलेखलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरेको हो । ट्राभनल एन्ड टुर अपरेटरको साझा संगठन सट्टो नेपाल, होम स्टे एसोसिएसनले बर्दियादेखि रारासम्मको प्याकेजमा दैलेखलाई समावेश गर्ने सम्भाव्यताबारे अध्यायन सुरु गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि घुमफिर वर्ष २०७३ को कार्यक्रमअनुसार राजधानीबाट आएको टोलीले शनिबार दैलेखको गुराँसेमा दैलेखस्थित सरोकारवालासँग अन्तक्र्रिया गरेको हो ।

अन्तक्र्रियामा सरोकारवालाले दैलेखमा पर्यटन प्रवद्र्धन गर्न बजारीकरण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले दैलेखमा रहेका पर्यटन सम्भावित क्षेत्रको बजारीकरण गरेमा दैलेख नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य हुने बताए । राजधानीबाट आएको अभियान टोली, जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, जिल्ला विकास समिति, पत्रकार र अन्य सरोकारवालाबीच अन्तक्र्रिया कार्यक्रम आयोजना गरियो । कार्यक्रममा जिल्ला विकास समिति दैलेखका कार्यक्रम अधिकृत शम्शेरबहादुर शाहीले दैलेखको पर्यटकीय सम्भाव्यताबारे प्रकाश पारेका थिए । उनले जिविसको पञ्चवर्षिय पर्यटन योजनाबारेसमेत जानकारी गराएका थिए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख सूर्य थापाले दैलेखमा पर्यटन उद्योगका लागि आवश्यक प्राकृतिक, पूरातात्विक, ऐतिहासिक र धार्मिक स्थाल पर्याप्त भए पनि त्यसको बजारीकरण हुन नसकेको बताए । उनले पर्यटकीय स्थल छन् भनेर बस्दैमा पर्यटन प्रवद्र्धन नहुने भन्दै ती वस्तुबाट फाइदा लिन सक्नुपर्ने बताए । उनले दैलेखमा रहेको ज्वाला, नेपाली भाषाको पहिलो शिलालेख, ३२ जातको उद्गमस्थललगायतका विषयलाई बजारीकरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले राजधानीबाट आएको आफूहरुको टिमले बर्दियादेखि मुगुको रारा तालसम्मको पर्यटकीय प्याकेजबारे अध्यायन गर्ने बताए ।

कार्यक्रममा पूर्व पर्यटन राज्यमन्त्री बलबहादुर महतले पर्यटनका एजेण्डा साझा बन्न्पर्ने धारणा राखे । उनले दलहरुबीच एकता भए दैलेखलाई पर्यटकीय गन्तव्य बनाउन सकिने बताए । उनले आफ्नो पालामा पर्यटन मन्त्रालयले दैलेखमा पर्यटन विकास समिति गठनको काम अगाडी बढाएको बताउँदै त्यसलाई निश्कर्षमा पर्याउनुपर्ने बताए ।

यस्तै पर्यटन व्यवसायीहरुको संस्था सट्टो नेपालका अध्यक्ष यामबहादुर खड्काले बर्दियादेखि राराका बीचमा पर्ने जिल्लालाई कसरी पर्यटकीय प्याकेजमा समावेस गर्न सकिन्छ भन्ने जानकारी लिन आफूहरु दैलेख आएको बताए । उनले दैलेखको पर्यटन विकासका लागि सूर्खेत र कालिकोटलाई पनि सँगै जोड्नुपर्ने बताए । यस्तै मोह स्टे संघका अध्यक्ष भीमबहादुर केसीले होम स्टे नेपालमा पर्यटनका लागि नयाँ उत्पादन भएको उल्लेख गर्दै होम स्टेले पर्यटन विकासमा टेवा पुर्याएको बताए ।

दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले दैलेखमा पर्यटन विकासका पूर्वाधारको विकास हुन नसकेको बताए । उनले पर्यटकीय क्षेत्र हुँदाहुँदै पनि पूर्वाधारको विकास नभएकाले दैलेख पर्यटकीय गन्तव्यमा पर्न नसकेको बताए । उनले समृद्धिका लागि अव पर्यटन विकास अनिवार्य भएकोसमेत बताए । यस्तै जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक केदार रजौरेले राजधानीबाट आएको टोलीले दैलेखको पर्यटन विकासका लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका सहसचिब रत्नबहादुर शाही, एमाले उपाध्यक्ष प्रेमबहादुर थापा, माओवादी केन्द्रका सहसचिब बलबहादुर खत्री, राप्रपा नेपालका उपाध्यक्ष रणबहादुर सिंह, जनमोर्चाका अध्यक्ष मयाराम अधिकारी र नेमकिपाका सचिब रत्नेश श्रेष्ठले दैलेखको पर्यटन विकासबारे बोलेका थिए ।

राजधानीबाट आएको राजनीतिक दलका प्रतिनिधि, पर्यटन व्यवसायी र पत्रकारको टोली रारा पुगेर काठमाडौं फर्किेनछ । टोलीले बर्दियादेखि रारासम्मको पर्यटकीय प्याकेज बनाउनेबारे अध्यायन गर्नेछ । सो प्याकेजमा दैलेखलाई पनि समेट्नेबारे छलफल हुनेछ ।

कांक्रेविहार १६ औँ वर्षमा
सुर्खेतको पहिलो दैनिक पत्रिका काँक्रेविहार १६ औं वर्षमा प्रवेश गरेको छ । पत्रिकाको शनिबार १६ औं वार्षिकउत्सव मनाइएको छ ।
शनिबार वीरेन्द्रनगरमा विशेष कार्यक्रम आयोजना गरेर वार्षिकउत्सव मनाइएको छ । साथै वार्षिक उत्सवका अवसरमै दैनिकले कांक्रेविहार डटकम नामक अनलाइनको उद्घाटन गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष सुर्यमणी गौतमले अनलाइनको उद्घाटन गरेका थिए । कोषाध्यक्ष गौतमले आगामी दिनमा सुर्खेतको पत्रकारिताको विकास गर्नका लागि सबै एकबद्धता भएर लाग्न आग्रह गरे । साथै उनले औपाचारिक कार्यक्रम भन्दा खोज मुलुक तर्फ सुर्खेतको पत्रकारिता केन्द्रीत हुनु पर्ने बताए । कांक्रेविहार दैनिकका प्रकाशक तथा सम्पादक शुसिल शर्माले अनलाइन र पत्रिकाले प्रभाकारी बनाएर आगाडी बढ्ने बताए ।

प्रतिक्रिया