जलउपयोग गुरुयोजना तयारीका लागि भैरबीमा पालिकास्तरिय अभिमुखिकण

दैलेख : दैलेखको भैरबी गाउँपालिकामा पालिकास्तरिय अभिमुखिकण सम्पन्न भएको छ । जलउपयोग गुरुयोजना तयारीका लागि पालिकास्तरिय अभिमुखिकण तथा परिकल्पना गोष्ठि सम्पन्न भएको हो । युएसएआइडी कर्णाली जल परियोजनाको आर्थिक सहयोग तथा सिएटिएन र सोसेक नेपालको सहजिकरणमा पालिकास्तरिय अभिमुखिकण तथा परिकल्पना गोष्ठि सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष देवी भण्डारी, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखाका प्रमुखहरु सहभागि थिए ।
वडास्तरिय समुदायका सदस्यहरुसहित क्षमता अभिबृद्धि तालिम सम्पन्न भई वडाबाट आएका योजनाहरुको तथ्यांक संकलन कार्य अन्तिम चरणमा रहेको बताईएको छ । वडास्तरिय तालिममा वडाध्यक्ष, वडा सदस्य, सडा सचिव, खानेपानी समितिका प्रतिनीधि, सहकारी संस्थाका प्रतिनीधि, विद्यालय, महिला तथा दलित सञ्जालका प्रतिनीधिहरुकोे सहभागि थियो ।
प्रतिक्रिया