राष्ट्रिय वाल संरक्षण संजाल नेपालको पाँचौ साधारण सभा सम्पन्न

राष्ट्रिय वाल संरक्षण संजाल नेपालको पाँचौ साधारण सभा सम्पन्न



एच.एस.थापा
काठमाण्डौ असोज ४ गते– राष्ट्रिय वाल संरक्षण संजाल नेपालको पाँचौ साधारण सभा तथा तेश्रो अधिवेशन आज सम्पन्न भएकोछ । अधिवेशनले कृष्ण चन्द्र आचार्यको अध्यक्षतामा १३ सदस्यीय केन्द्रिय कार्य समिति गठन गरेकोछ भने हरेक प्रदेशमा प्रदेश संयोजक तोकिएकोछ ।NCPA NCPA1
अध्यक्ष कृष्ण चन्द्र आचार्य हुरेक, उपाध्यक्ष पुर्णकला शर्मा सिविस, महासचिव किरण थापा सिडिएस, सचिव प्रकास खतिवडा सिडब्लुएस, कोषाध्यक्ष वुद्धिरत्न डंगोल लुनिभा चाल्ड, सदस्य क्रमश दयाराम कडेल युथ क्लव, वृजमोहन कुसाहा प्रोटेक्सन नेपाल, अनिता पाण्डे एफएचआरडि, फुर्वजंगु सेर्पा चाल्ड नेपाल, कविता शाह साथसाथ, भिमलाल गुरुड चाल्ड नेपाल, सन्तोष चापागाई एमएसटिएस, कृष्ण कुमार थापा भिओसी र प्रदेश संयोजकमा क्रमश अनिल थापा

हुरेन्डेक प्रदेश नं. १, गुन केसरी श्रेष्ठ फोवेप प्रदेश नं. ३, मोस्ताव अलि राई रुसुफ प्रदेश नं. ५, हीरासिंह थापा सोसेक प्रदेश नं. ६ निर्वीरोध निर्वाचीत भएको छन ।
उद्घाटन समारोहमा वालवालिका शान्ति क्षेत्र हुन का संयोजक कृष्ण सुवेदी, कन्र्सोटियका संयोजक युवराज धिमीरे, निवर्तमान अध्यक्ष विमला लगायतले शुमकामना दिएका थिए । एनसिपिएका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको कार्यक्रम संचालन सचिव किरण थापाले संचालन गरेका थिए । साधारण सभावाट संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पास भएको थियो ।

प्रतिक्रिया