मावि शिक्षक हुन चाहनेको हर्कत, शिक्षक आयोगद्धारा परीक्षै रद्ध

मावि शिक्षक हुन चाहनेको हर्कत, शिक्षक आयोगद्धारा परीक्षै रद्ध



भक्तपुर – माध्यमिक तह स्थायी शिक्षकको लिखित परीक्षामा मनपरी लेख्ने एक जना परीक्षार्थीको परीक्षा शिक्षक सेवा आयोगले रद्ध गरेको छ । गणित विषयको परीक्षामा मध्यमाञ्चलबाट सहभागि रोल नम्बर ०४०३०६१९ का परीक्षार्थीले परीक्षालाई नै प्रभावित पार्ने गरी उत्तर पुस्तिकामा लेखेको फेला परेपछि परीक्षा रद्ध गरिएको आयोगले जनाएको छ मध्यमाञ्चलबाट गणितमा ९ सय ८९ जना परीक्षार्थी सहभागि थिए । बुधबार सार्वजनिक भएको मावि शिक्षकको लिखितको नतिजामा ४० जना उत्तीर्ण भएको आयोगले जनाएको छ ।

‘परीक्षार्थीको मर्यादा नै नरहने गरी उत्तर पुस्तिकामा लेखेको फेला परेपछि परीक्षा रद्ध गरिएको हो’ आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने, ‘प्रतियोगिताको महत्व नै नबुझ्ने ब्यक्तिले पछि विद्यार्थीलाई के सिकाउला ? शिक्षक बन्न चाहने ब्यक्तिले कायम गर्नु पर्ने मर्यादा सम्म ध्यान नदिने ब्यक्तिलाई कसरी शिक्षक बनाउने ?’



यसैविच मंगलबार देखि शुरु भएको माध्यमिक तहको नतिजा सार्वजनिक गर्ने क्रममा आयोगले बुधबार सबै विकास क्षेत्रको गणित र पश्चिमाञ्चलको वेद र अर्थशास्त्रको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्नुहोस् : http://www.tsc.gov.np/

गणितमा सुदुरपश्चिमाञ्चलबाट परीक्षामा सहभागि ३ सय ८ परीक्षार्थी मध्ये १८ जना, मध्ये पश्चिमाञ्चलबाट सहभागि ३ सय ४३ मध्ये २२ जना, पश्चिमाञ्चलबाट सहभागि ८ सय ४५ मध्ये ३६ जना र पूर्वाञ्चलबाट परीक्षामा सहभागि ५ सय ४९ परीक्षार्थी मध्ये २९ जना उत्र्तीण भएका आयोगले जनाएको छ ।

यस्तै पश्चिमाञ्चलबाट बेद विषयको लिखित परीक्षामा सहभागि ५ जना मध्ये ३ जना र अर्थशास्त्रमा सहभागि २ सय ६१ मध्ये १४ जना उत्र्तीण भएका आयोगले जनाएको छ ।

एडु खवरमा समचार छ ।

प्रतिक्रिया