एकैदिन ४३ सवारी साधन कारबाहीमा

एकैदिन ४३ सवारी साधन कारबाहीमा

दैलेख : दैलेखमा एकै दिन ४३ सवारी साधन कारबाहीमा परेका छन् । प्रहरीले गरेको चेकजाँचका क्रममा ४३ सवारी साधन कारबाहीमा परेका छन् । बुधवार जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर प्रसाद साहको नेतृत्वको टोलीले एक सय १० वटा सवारी सधान चेकजाँच गरेको थियो ।

प्रहरी चौकी माथिल्लो डुङ्गेश्वर, प्रहरी चौकी तल्लो डुङ्गेश्वरले गुँरास गाउँपालिका–४ स्थित सुर्खेत–दैलेख सडक खण्डको जिरो पोईन्ट लगायत ईलाका प्रहरी कार्यालय दुल्लु, ईलाका प्रहरी कार्यालय राकम कर्णाली, प्रहरी चौकी पाल्तडा र प्रहरी चौकी रानिमत्ताबाट खटिएको प्रहरी टोलीले १ सय १० वटा सवारी साधन चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा नियम बिपरीत काम गर्ने ४३ वटा सवारी साधनलाई कारवाही गरी ३३ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बडा दशैको बेलामा सवारी दुर्घटना न्युनिकरणको लागी सवारी साधनहरु ओभरलोड नगर्ने यात्रुहरुलाई अनावश्यक हैरानी नदिने, तोकिएको भाडादर भन्दा वढी भाडा नलिने बिषयमा चालक, सह–चालक र यात्रुहरुलाई समेत जानकारी गराईएको थियो ।

प्रतिक्रिया