डुङ्गेश्वर गाउँपालिकाले भन्यो ‘कालोबजारी, मुल्यबृद्धि र उपभोक्ता हित विपरितका कार्य नगर्नु’

डुङ्गेश्वर गाउँपालिकाले भन्यो ‘कालोबजारी, मुल्यबृद्धि र उपभोक्ता हित विपरितका कार्य नगर्नु’

दैलेखको डुङ्गेश्वर गाउँपालिकाको कार्यालय । तस्विर : हिक्मतबहादुर नेपाली

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले कालोबजारी, दैनिक उपभोग्य बस्तु तथा सेवाको अधिक मुल्य बृद्धि लगाएत उपभोक्ता हित विपरितका कार्यहरु नगर्न नगराउन आग्रह गरेको छ । गाउँपालिकाले शुक्रवार एक शुभकामना सन्देश जारी गर्दै यस्तो बताएको हो ।

गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसी, उपाध्यक्ष कलावती न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर डि.सी. द्धारा हस्ताक्षरित सन्देशमा भनिएको छ ‘नेपाली संस्कृति र परम्परा अनुसार उमंग र हर्षोल्लासका साथ चार्डपर्वहरु मनाईरहँदा यदाकदा आधुनिकताको नाममा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन विपरित छरछिमेक र समाजको समग्र शान्ति सुव्यवस्था नै प्रभावित हुने गरी कानून विपरित अवाञ्छित हुनसक्छ ।’

नेपालीहरुको महान चार्ड बडा दशैं, तिहार र छठ लगाएतका चार्डहरुको अबसरमा डुङ्गेश्वर गाउँपालिबासी लगाएत सम्पूर्णमा सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिँदै गाउँपालिकाले महामारीको रुपमा फैलिएको डेंगु, कोरोना भाइरस लगाएतका संक्रमण चार्डपर्वको समयमा फैलिन सक्ने भन्दै स्वास्थ्यका मापदण्डहरु पालना गर्दै सुरक्षित र मार्यादित रुपमा मनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया