जीप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट कोहलपुर पठाइयो
सल्यान : जिल्लाको कुमाख गाउँपालिका -७ जिमालीमा जीप दुर्घटनामा घाईतेलाई हेलिकप्टरबाट कोहलपुर लगिएको छ । नेपाली सेनाको हेलिक्टरबाट शनिबार बिहान घाइते सुनिता बोहरा पुन मगर र उनको ६ महिनाको छोरीलाइ थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर रिफर गरिएको जिल्ला प्र्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सुनिताको अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टर मार्फत कोहलपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए । उको ६ महिनाको छोरीको अवस्था भने सामान्य रहेको छ ।
शनिबार बिहान कुमाख गाउँपालिका-७ डुमकोटबाट शारदा नगरपाकिला ११ स्थित खैराबाङ मन्दिरमा आउँदै गरेको रा १ ज ७९८ नम्बरको जिप कुमाख गाउँपालिका ७ जिमालीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी कुमाख गाउँपालिका ७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मान बहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै अन्य १५ जना घाइतेलाई पनि नेपालगञ्ज रिफर गरिएको छ । जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिकमा उपचार गराइ रहेको १५ जनाको प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया