काँग्रेस समानुपातिक सूची : सीताकुमारी राना आदीबासी जनजाती महिलातर्फ तेस्रो नम्बरमा

काँग्रेस समानुपातिक सूची : सीताकुमारी राना आदीबासी जनजाती महिलातर्फ तेस्रो नम्बरमा

दैलेख : निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार बिहान आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

सार्वजनिक सूची अनुसार नेपाली काँग्रेसले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको ५३ औँ नम्बरमा सीताकुमारी रानालाई राखिएको छ । आदीबासी जनजाती महिलातर्फ भने उनको नाम तेस्रो नम्बरमा छ । राना काँग्रेस केन्द्रीय सदस्य हुन् ।

राना दैलेख निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस भएकी थिइन् । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिको बैठकले रानालार्ई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि महिला जनजातीतर्फ एकल नाम सिफारिस गरेको थियो ।

राना नेपाली काँग्रेस १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । राना २०४६ सालबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) को राजनीति हुँदै कांग्रेस राजनीतिमा आएकी हुन् । २०३३ फागुन १५ गते दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ जन्मिएकी राना २०५० सालमा नेपाल महिला संघ दैलेखको उप–सभापतिमा चयन भएकी थिइन् ।

संघको उप–सभापतिको जिम्मेवारीमा रहेर निरन्तर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक क्षेत्रमा पिछडिएका वर्गको हकहितको संरक्षण र संवद्र्धन गर्दैै आएकी राना २०७१ मा नेपाल महिला संघ दैलेखको सभापति बनेकी थिइन् । राष्ट्रियता, लोकतन्त्र, समाजवाद र महिला अधिकारलाई मूल आदर्श मान्दै आएको नेपाल महिला संघको सभापतिको पदमा रहेर रानाले महिला अधिकारका आन्दोलनहरुको अगुवाई गर्दै आएकी छिन् ।

उनि २०६७ सालयता निरन्तर नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनीधि हुन् । राना २०७० को संविधान सभा सभा निर्वाचन र २०७४ को प्रतिनीधि सभा सदस्य निर्वाचनमा समानुपातिक सांसदको सूचीमा थिइन्

प्रतिक्रिया