लगातारको वर्षातले उम्मेदवारी दर्तामा देखिएको फरक दृष्य

दैलेख : लगातार छैटौं दिनको वर्षाको कारण प्रतिनीधि सभा र प्रदेश सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउन आउने राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारी दिनेहरु पानीमा छाता ओडेर पनि भिज्दै गन्तव्य स्थानसम्म पुगेका थिए ।
यो पटक उम्मेदवारी दर्ता गर्न आउँदा बाजागाजा र जुलुस लिन रोक लगाइएको कारण निर्वाचन दर्ता गराउने ठाउँमा भीडभाड कम देखिएको नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष यज्ञराज थापाले बताए ।
एमालेको टोली जमराको माला लगाई उम्मेदवारी दर्ता गराउन आएको देखेर उम्मेदवारी दर्ता स्थल दैलेख जिल्ला अदालतमा उपस्थिति सुरक्षाकर्मी, कर्मचारी र अरु दलका कार्यकर्ताको समेत ध्यान खिचेको थियो ।
व्यवधानका वीच पनि उम्मेदवारी दर्ता सफलता
लगातारको वर्षाले ठाउँठाउँमा पहिरोले सडक अवरोध पु¥याएको अवस्थामा स्थानीय प्रशासन र पालिकाहरुले बाटो खुलाउदै यात्रुहरुलाई क्षणिक रुपमा भए पनि गन्तव्यमा पु¥याउन मद्दत गरेकोले उम्मेदवारहरुले मनोनयन दर्ता गराउन पाएका दैलेखका पत्रकार विशाल सुनारको भनाई छ ।
जेनतेन गरी सडक खुलायो लगातारको वर्षाले फेरि वर्षात पहिरो आइरहने समस्याको बावजुत पनि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै स्थलगत रुपमा खटेर क्षणिक रुपमा भए पनि सडक खुलाउने प्रयास नगरे निर्वाचनमा भाग लिन मनोनयन दर्ता गर्न सबैले पाइसक्थेनन् पत्रकार सुनारले बताए ।
‘राजधानीबाट फर्किदै गरेका उम्मेदवार, गाउँबाट सदरमुकाम आउने सर्वसाधारण समेतलाई सहज बनाउन नसके उम्मेदवारी दर्ता गराउने दिनमा काम प्रभावित नहोस् भनेर पहिरो हटाउन हामी आफै कुद्यौं, उम्मेदवारी दिनलाई केही सहज बन्यो’ दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले भने ।
प्रतिक्रिया