यी हुन् दैलेखका दुई वटा प्रतिनीधि सभाका १४ उम्मेदवार

दैलेख : दुई वटा प्रतिनीधि सभा र चार वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ३६ जनाको उम्मेदवारी परेको छ ।
मुख्य निर्वाचन अधिकृत बलराम लम्सालका अनुसार निर्वाचन क्षेत्र नं. १ मा ९ र क्षेत्र नं. २ मा पाँच समेत १४ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नंं. १ को प्रदेशसभा क्षेत्रका लागि ‘क’ र प्रदेश ‘ख’ मा पाँच–पाँच गरी १० जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार निर्वाचन क्षेत्र नंं. २ को प्रदेशसभा ‘क’ मा सात र प्रदेश ‘ख’ मा पाँच समेत १२ जनाको उम्मेदवारी परेको छ ।
हेर्नुहोस् उम्मेदवारहरुको नामावली
दैलेख निर्वाचन क्षेत्र नं. १
दैलेख निर्वाचन क्षेत्र नं. २
प्रतिक्रिया