प्रहरी दिवसमा डिएसपी साह पुरस्कृत

प्रहरी दिवसमा डिएसपी साह पुरस्कृत

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साह पुरस्कृत भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनलाई पुरस्कृत गरिएको हो । सोमवार दैलेखमा प्रहरी दिवसको अबसरमा आयोजित कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो । ६७ औँ प्रहरी दिवसमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीले डीएसपी साहलाई पुरस्कार प्रदान गरेका छन् ।

डिएसपी साह जिल्लामा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सफल भएको भन्दै पुरस्कृत भएका हुन् । उनि जिल्लामा दैविक प्रकोप तथा विपद्का घटनामा उद्धारमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । यतिमात्र होइन, अपराधिक घटनाहरुको सफल अनुसन्धान, ट्राफिक व्यवस्थापन, समुदाय साझेदारी कार्यक्रम, आन्तरिक व्यवस्थापन पक्षलाई आधार मान्दै उनलाई पुरस्कृत गरिएको बताईएको छ ।

दैलेखका प्रहरी प्रमुख डिएसपी साहको नेतृत्वमा जिल्लामा सामाजिक विकृति, विसंगति, अपराध रोकथाम तथा नियन्त्रणका लागि थुप्रै प्रयासहरु भईरहेका छन् । उनकै नेतृत्वमा प्रहरीले गत आर्थिक वर्षमा समुदाय प्रहरी साझेदारी अन्तरगर्त एक हजार ७२ चेतनामुलक कार्यक्रमहरु सम्पन्न भएका छन् ।

प्रतिक्रिया