स्वर्ग कर्णालीमै छ (फोटोफिचर)

स्वर्ग कर्णालीमै छ (फोटोफिचर)

तस्बीर : सिर्जना सिज्जु /भास्कर बस्नेत

सुर्खेत :  कर्नाली । कर्णाली साच्चिकै सुन्दर छ । कर्णाली त्यस्तो ठाउँ हो जहाँ मुगुमा अवस्थित स्वर्गकि अप्सरा रारालाई भेट्न, नजिकबाट छुन, र आँखाले निहाल्न सकिन्छ । त्यस्तै आकाश जस्तै निलो, पवित्र डोल्पाको शे फुक्सुण्डो, लगायत कर्णालीमा यस्ता अनगिन्ती रमणीय ठाउँहरु छन् । जहाँ पुग्दा साच्चिकै स्वर्ग पुगेको भान हुन्छ ।

रारा र शे–फोक्सुण्डो मात्र स्वर्ग नभएर कर्णालीमा त्यस्ता कैयौँ स्वर्ग भेट्न सकिन्छ । तर, जो अहिले प्रचार प्रसार नहुदा घुम्टोभित्र अनुहार लुकाएकि दुलही जस्तै छोपिएर लुकेर बसेका छन् । पर्यटक आउने पर्खाइमा छन् ।

रारा र शे–फोक्सुण्डो मात्र नभएर भित्र भित्र लुकेका अनगिन्ती ठाउँहरु रहेका छन् । कर्णालीमा रारा र शे–फोक्सुण्डो हेलिकप्टरमा आएर मात्र कर्णालीको बुझ्न सकिदैन् । कर्णाली बुझ्न कर्णालीसँगै यात्रा गर्नुपर्छ । कर्णालीका सुन्दर पदमार्ग, जल, जङ्गल, जनावर र सम्रग कर्णालीसँग सँग सँगै यात्रा गर्नुपर्छ । जहाँ कर्णालीको यात्राले साच्चिकै स्वर्ग स्वर्ग पुगेको महशुस गराउँछ । त्यही मध्यको एक स्वर्ग हो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका -९ मा अस्थित तीनहजार दुइसय मिटर अग्लो स्थानमा रहेका गाउँभन्दा माथि कान्जिरोवा हिमालको फेदीमा चार वटा ताल  । छो -ङोन्पो (नीलो ताल ) , छो- कारपो (सेतो ताल) , छो -नाक्पो (कालो ताल) , छो -लुगाल ।

कर्णालीका स्वर्गका टुक्रा यि ठाउँहरु अहिले पर्यटक बिहीन छन् । यि ठाउँहरुमा नत स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाएका छन् । यि ठाउँहरुको साच्चिकै स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले चासो देखाउन सके पर्यटन क्षेत्रबाट मात्र नेपाल नेपाललाई अमेरिका, स्वीजरलेण्ड होइन नेपाल साच्चिकै स्वर्ग हो भन्ने पुष्टि हुने कर्णालीको पर्यटन एक्सपोलोरमा लागेका रामचन्द्र बस्नेत (भास्कर) बताउँछन् ।

त्यही स्वर्गको काखमा पुगेर नेपाल र विश्वलाई लोभ्याउदै कर्णाली प्रदेश सरकार, र नेपाल सरकारलाई समेतलाई लज्जा बोध गर्दै कर्णालीकै छोरा, चेली सिर्जना सिर्जु र रामचन्द्र बस्नेत(भास्कर) लगायतको टीम कर्णाली र सम्रग नेपालको स्वर्ग डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ९ मा अवस्थित ताल र यस्ता लुकेका गन्तव्यको खोजी गर्दै अघि बढेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया